अप्रिल १५ को हप्ताको तालिका
अप्रिल १५ मा सुरु हुने हप्ता
गीत ६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ८८ को “धनी मानिस र लाजरसले एउटा परिवर्तन अनुभव गर्छन्” उपशीर्षकदेखि र अध्या. ८९ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लूका १३-१७ (१० मि.)
न. १: लूका १६:१६-३१ (४ मि. वा कम)
न. २: के हाम्रो त्रुटिपूर्ण अवस्थाले हामीलाई परमेश्वरको नजरमा मूल्यहीन ठहऱ्याउँछ?—भज. १०३:८, ९, १४; गला. ६:९ (५ मि.)
न. ३: परमेश्वरको राज्यले रोगबिमार सदाको लागि हटाउनेछ—td ८ख (५ मि.)
□ सेवा सभा:
१० मि: प्रश्न पेटी। छलफल।
१० मि: आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू—भाग २। हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४ को अनुच्छेद ५ देखि पृष्ठ ५ को अनुच्छेद १ सम्ममा (व्यवस्थित किताब [अङ्ग्रेजी], पृष्ठ ११२ अनुच्छेद ३ देखि पृष्ठ ११४ अनुच्छेद १ सम्म) आधारित छलफल। एक वा दुई जना अग्रगामीसित तिनीहरूले अग्रगामी गर्नको लागि के-कस्ता छाँटकाँटहरू गरे भन्नेबारे अन्तरवार्ता लिनुहोस्।
१० मि: के तपाईं आफ्नो काम गर्ने ठाउँमा साक्षी दिने गर्नुहुन्छ? तल दिइएका प्रश्नहरूमा आधारित छलफल। (१) आफ्ना सहकर्मीहरूलाई तपाईं एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर थाह दिनु किन राम्रो हो? (२) यो कुरा तपाईं कसरी बताउन सक्नुहुन्छ? (३) कस्ता अवस्थाहरूमा तपाईंले साक्षी दिने मौका पाउनुहुन्छ? (४) मिल्छ भने काम गर्ने ठाउँमा बाइबल र केही साहित्यहरू राख्नु किन बेस हो? (५) काम गर्ने समयमा लामो साक्षी दिइरहनु किन बुद्धिमानी होइन? (६) काम गर्ने ठाउँमा साक्षी दिंदा तपाईंले कस्ता राम्रा अनुभवहरू बटुल्नुभएको छ?
गीत ४५ र प्रार्थना