प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जून पृ. २
  • यहोवालाई धन्यवाद चढाउने थप अवसर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई धन्यवाद चढाउने थप अवसर
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा सहभागिता बढाउन अहिल्यै योजना बनाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९३
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 जून पृ. २

यहोवालाई धन्यवाद चढाउने थप अवसर

१. यहोवालाई ‘पूरा धन्यवाद चढाउन’ कस्तो नयाँ प्रबन्ध गरिएको छ?

१ यस वर्षको मार्च महिनादेखि एउटा नयाँ प्रबन्ध सुरु भयो। त्यस प्रबन्धअन्तर्गत प्रत्येक मार्च र अप्रिल महिनामा र क्षेत्रीय निरीक्षकको भ्रमणको महिनामा प्रकाशकहरूले ३० घण्टे सहायक अग्रगामी सेवा गर्न सक्नेछन्‌। यदि क्षेत्रीय निरीक्षकको भ्रमणले दुइटा महिनाका दिनहरू छुन्छ भने सहायक अग्रगामी सेवा गर्ने व्यक्‍तिले कुनचाहिं महिनामा ३० घण्टा बुझाउने भनेर छान्‍न सक्छन्‌। सबै सहायक अग्रगामीहरू क्षेत्रीय निरीक्षकको भ्रमणको बेला हुने नियमित र विशेष अग्रगामीहरूसितको सभामा पूरै उपस्थित हुन सक्छन्‌। यसको मतलब यदि ५० घण्टा बुझाउने स्थितिमा छैनौं भने पनि हामीले वर्षमा चार चोटि ३० घण्टे सहायक अग्रगामी सेवा गरेर यहोवालाई ‘पूरा धन्यवाद चढाउन’ सक्छौं।—भज. १०९:३०; ११९:१७१.

२. क्षेत्रीय निरीक्षकको भ्रमणको बेला सहायक अग्रगामी सेवा गर्नेहरूले कस्ता आनन्द उठाउनेछन्‌?

२ क्षेत्रीय निरीक्षकको भ्रमणको बेला: अब धेरै भन्दा धेरैले क्षेत्रीय निरीक्षकको भ्रमणको बेला सहायक अग्रगामी सेवा गर्न सक्नेछन्‌। साथै क्षेत्रीय निरीक्षकसित प्रचारमा गएर एकअर्कालाई प्रोत्साहन दिन सक्छन्‌। (रोमी १:११, १२) धेरैजसो सहायक अग्रगामीहरूले क्षेत्रीय निरीक्षकसित प्रचारमा जानको लागि कामबाट एक दिन बिदा लिने पनि गर्छन्‌। हप्ताभरि काममा जानुपर्ने सहायक अग्रगामी सेवकहरूले क्षेत्रीय निरीक्षकलाई ‘तपाईंसित शुक्रबार वा शनिबारको दिन प्रचारमा जान सकिन्छ कि’ भनेर सोध्न सक्छन्‌। साथै सहायक अग्रगामी सेवा गर्नेहरू नियमित अग्रगामी र विशेष अग्रगामीहरूसितै अग्रगामी सभामा उपस्थित हुन पाउनु कत्ति प्रोत्साहनजनक कुरा हो!

३. स्मरणार्थको उत्सवको बेला सहायक अग्रगामी सेवा गर्नु किन उपयुक्‍त छ?

३ मार्च र अप्रिल महिनामा: गत वर्षहरूमा स्मरणार्थ उत्सवको बेला ३० घण्टा बुझाएर सहायक अग्रगामी गरेकाहरूले अब “प्रशंसाको बलिदान” दोबर चढाउन सक्नेछन्‌। (हिब्रू १३:१५) सहायक अग्रगामीको रूपमा आफ्नो सेवालाई विस्तार गर्न मार्च र अप्रिल महिना उपयुक्‍त छ। हरेक वर्ष यी महिनाहरूमा हामी अरूलाई स्मरणार्थ उत्सवको निम्तो दिने रमाइलो अभियानमा भाग लिन्छौं। साथै स्मरणार्थ उत्सवको बेला धेरैले प्रचारकार्यमा आफ्नो सेवा विस्तार गर्ने भएकोले विभिन्‍न भाइबहिनीसित काम गर्ने मौका पाउँछौं। त्यस उत्सवमा उपस्थित भएका चासो देखाउनेहरूलाई स्मरणार्थ पछि हामी फेरि भेट्‌न जान्छौं र तिनीहरूमा विशेष भाषणको लागि उत्साह बढाउने कोसिस गर्छौं। के तपाईं यी थप मौकाहरूको सदुपयोग गरेर सहायक अग्रगामी सेवा गर्न मनैदेखि तयार हुनुहुन्छ?—लूका ६:४५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने