जुलाई १५ को हप्ताको तालिका
जुलाई १५ मा सुरु हुने हप्ता
गीत ४८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. १११ को “तोडाको दृष्टान्त” उपशीर्षकदेखि अध्यायको अन्तसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रेषित १८-२१ (१० मि.)
न. १: प्रेषित २०:१७–३८ (४ मि. वा कम)
न. २: छोरा पृथ्वीमा आउनुअघि र पछि पनि बुबाभन्दा निम्नस्तरको हुनुहुन्छ—td १३ख (५ मि.)
न. ३: परमेश्वरका कुराहरूमा मन लगाएको कसरी देखाउन सक्छौं?—रोमी ८:६ (५ मि.)
□ सेवा सभा:
१० मि: बाइबल विद्यार्थीको मनसम्मै पुग्नुहोस्। (लूका २४:३२) तल दिइएका प्रश्नहरूमा आधारित छलफल। (१) बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरूमा जोड दिनु किन महत्त्वपूर्ण छ? (क) यहोवाको प्रेम र बुद्धि (ख) बाइबल सिद्धान्त लागू गर्नुको महत्त्व (ग) कुनै निर्णय गर्नुअघि सधैं यहोवाको डोऱ्याइ खोज्नुको महत्त्व (२) बाइबल विद्यार्थीलाई यी प्रश्नहरू सोध्दा तिनको मनसम्म पुग्नु भएको छ कि छैन भनेर तपाईं कसरी थाह पाउन सक्नुहुन्छ? (क) के तपाईंलाई यो कुरा व्यावहारिक लाग्छ? (ख) के तपाईंलाई यो कुरा परमेश्वरको प्रेमसित मेल खान्छ जस्तो लाग्छ? (ग) यस्ता सल्लाहहरू लागू गर्दा कस्ता फाइदाहरू छन्?
२० मि: “जवान भाइहरू हो, के तपाईं अघि बढ्दै हुनुहुन्छ?” प्रश्न-उत्तर। युवावस्थामा नै एल्डर वा सहायक सेवक नियुक्त भएका एक जना भाइको छोटो अन्तरवार्ता लिनुहोस्। सहायक सेवक हुनुअघि तिनले कस्ता जिम्मेवारी र प्रशिक्षण पाएका थिए? मण्डलीका अरू भाइबहिनीले तिनलाई आध्यात्मिक उन्नति गर्न कसरी मदत दिए? यसरी अघि बढ्दा तिनले कस्ता आशिष्पाएका छन्?
गीत ८५ र प्रार्थना