क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
फेब्रुअरी महिनामा चार नयाँ शिखर सङ्ख्याहरू रिपोर्ट गर्न पाएकोमा हामी खुसी छौं। नयाँ शिखर सङ्ख्या यस प्रकार छन्: नियमित अग्रगामी सेवक ४९५, प्रकाशक १,८३१, पुस्तिका ४,८५५ र बाइबल अध्ययन ४,२५८। तीन वटा क्षेत्रीय सम्मेलनहरूमा २३ जनाले बप्तिस्मा गरेको हेर्न पाउनु खुसीको कुरा हो। अझ राम्ररी ख्रीष्टको पछि लाग्न थुप्रैले गरेको प्रयास देख्न पाउँदा मनै छुन्छ।—१ थिस्स. ४:१.