अक्टोबर ७ को हप्ताको तालिका
अक्टोबर ७ मा सुरु हुने हप्ता
गीत ९२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. १२९, १३० (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: एफिसी १-६ (१० मि.)
न. १: एफिसी ४:१-१६ (४ मि. वा कम)
न. २: परमेश्वरको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिनुको अर्थ के हो?—मत्ती ६:३३ (५ मि.)
न. ३: साँचो धर्म एउटा मात्र हुन्छ—td १६क (५ मि.)
□ सेवा सभा:
१० मि: अक्टोबर महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा अक्टोबर-डिसेम्बर महिनाको प्रहरीधरहरा पत्रिका कसरी चाखलाग्दो हुन सक्छ ३० सेकेन्डदेखि १ मिनेटभित्र बताउनुहोस्। अनि प्रहरीधरहरा-को आवरण लेख चलाउँदै इलाकाका मानिसहरूको चासो जगाउन कस्ता प्रश्न सोध्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्। त्यसपछि कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: कडा परिश्रम गरिरहेकाहरू। (१ थिस्स. ५:१२, १३) दुई जना एल्डरको अन्तरवार्ता लिनुहोस्। तिनीहरूले मण्डलीमा कस्ता जिम्मेवारीहरू सँभाल्दै छन्? तिनीहरूको अन्य ईश्वरतान्त्रिक जिम्मेवारी पनि छन् कि? जागिर अनि पारिवारिक जिम्मेवारी भए पनि तिनीहरूले यी जिम्मेवारीहरू कसरी पूरा गर्न सकेका छन्? प्रचारकार्यलाई तिनीहरूले कसरी पहिलो स्थान दिन सकेका छन्? परिवारका सदस्यले तिनीहरूलाई कसरी मदत गरेका छन्?
गीत १२३ र प्रार्थना