बिदाको बेला तपाईं के गर्नुहुन्छ?
धार्मिक र राष्ट्रिय बिदाको बेला थुप्रै मान्छेहरू घरमै हुन्छन्। त्यसैले यस्तो समय प्रचारमा जाने राम्रो मौका हो। बिदाको बेला प्रचारकार्यको विशेष योजना मिलाउन मण्डलीहरूलाई प्रोत्साहन दिइएको छ। इलाकाका मान्छेहरू बिहान ढिलोसम्म सुत्छन् भने क्षेत्र सेवाको समयमा छाँटकाँट गर्नु उचित हुन्छ। मण्डलीले बिदाको बेला प्रचारकार्यको विशेष योजना मिलाएको छ भने सबैलाई भाग लिन प्रोत्साहन दिंदै सेवा सभामा यसबारे घोषणा गर्न सकिन्छ। हो, बिदाको बेला हामी आराम गर्न र व्यक्तिगत कामकुरा गर्न समय पाउँछौं। तर प्रचारकार्यको लागि दिनको कुनै समय छुट्याउनुभए कसो होला? यसो गर्नुभयो भने तपाईंले पवित्र सेवामा भाग लिंदा पाइने स्फूर्तिको आनन्द उठाउन सक्नुहुनेछ।—मत्ती ११:२९, ३०.