“म तपाईंकहाँ आउनुको कारण. . . ”
घरधनीले हामीलाई तिनको ढोकाबाहिर देख्दा तिनलाई हामी को हौं अनि किन आएको होला भन्ने लाग्न सक्छ। उनीहरूलाई ढुक्क बनाउन हामी सुरुमै के भन्न सक्छौं? केही प्रकाशकहरूले अभिवादन गरिसकेपछि आफू आउनुको कारण बताउने गर्छन्। उदाहरणको लागि, उनीहरू यसो भन्छन्: “हामी तपाईंकहाँ आउनुको कारणचाहिं, आज अपराध जताततै बढेको छ र मानिसहरू चिन्तित छन्। तपाईंको विचारमा. . . ” अथवा “म सबैलाई सित्तैंमा बाइबल अध्ययन गर्न मदत गर्दै थिएँ। त्यसैले तपाईंकहाँ पनि आएको हुँ।” घरधनीलाई सुरुमै हामी आउनुको कारण बतायौं भने तिनी हाम्रो कुरा सुन्न अझ इच्छुक हुन सक्छन्।