नोभेम्बर २५ को हप्ताको तालिका
नोभेम्बर २५ मा सुरु हुने हप्ता
गीत १२२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
jl पाठ ११-१३ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: याकूब १-५ (१० मि.)
न. १: याकूब १:२२-२:१३ (४ मि. वा कम)
न. २: प्रेम डरमाथि कसरी विजयी हुन्छ?—१ यूह. ४:१६-१८ (५ मि.)
न. ३: धनी मानिस र लाजरसको विवरण सधैंभरि यातना भोगिरहनुपर्छ भन्ने कुराको प्रमाण होइन (td १७ग) (५ मि.)
□ सेवा सभा:
५ मि: डिसेम्बर महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण पुनरावृत्ति गर्नुहोस् अनि प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्।
१५ मि: तपाईंले कसरी जवाफ दिनुपर्छ? सेवा स्कूल किताब, पृष्ठ ६९, अनुच्छेद १-५ सम्ममा आधारित भाषण। एक जना प्रकाशकले आफ्नो बाइबल विद्यार्थीको प्रश्नको उत्तर दिइरहेको एउटा प्रदर्शन गर्न लगाउनुहोस्। उक्त प्रदर्शनमा विद्यार्थीले व्यक्तिगत निर्णय गर्नुपरेको छ र तिनी यस्तो प्रश्न सोध्छन्, “मेरो ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो?”
१० मि: “प्रचारकार्यको लागि मदतकारी एउटा शृङ्खला।” प्रश्न-उत्तर। अनुच्छेद ३ मा दिइएको तरिका प्रयोग गरेर “छिमेकीसित कुराकानी” भन्ने शृङ्खलामा हालसालै आएको एउटा लेखबाट छोटो प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ४५ र प्रार्थना