डिसेम्बर १६ को हप्ताको तालिका
डिसेम्बर १६ मा सुरु हुने हप्ता
गीत ११६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
jl पाठ २०-२२ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रकाश १-६ (१० मि.)
न. १: प्रकाश ३:१४–४:८ (४ मि. वा कम)
न. २: आदमको पापले गर्दा किन सबैले दुःख पाए?—td १९ख (५ मि.)
न. ३: येशूले कुन-कुन तरिकामा आफ्ना चेलाहरूको लागि ‘नमुना बसाल्नुभयो’?—यूह. १३:१५ (५ मि.)
□ सेवा सभा:
१५ मि: जवानहरूले यहोवाको प्रशंसा गरून्। (भज. १४८:१२, १३) दुई/तीन जना उदाहरणीय जवानहरूको अन्तरवार्ता लिनुहोस्। विश्वासको कारण तिनीहरूले स्कूलमा कस्ता चुनौतीहरूको सामना गर्दै छन्? यस्ता चुनौतीहरू सामना गर्न आमाबाबु र अरूले तिनीहरूलाई कसरी मदत गरेका छन्? ख्रीष्टियन विश्वासबारे बताउन तिनीहरूलाई कुन कुराले साहस दिएको छ? अनुभव बताउन लगाउनुहोस्।
१५ मि: “परमेश्वरको राज्यबारे ‘राम्ररी साक्षी’ दिनुहोस्।” प्रश्न-उत्तर। त्यसपछि राज्य समाचार न. ३८ वितरण अभियानमा तपाईंको इलाकामा के-कस्तो सफलता हासिल भइरहेको छ, मण्डलीलाई जानकारी गराउनुहोस्।
गीत ७५ र प्रार्थना