क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
नोभेम्बर महिनामा दुई वटा पृथक समूह स्थापित भयो। अहिले नेपालमा ३२ वटा मण्डली अनि ८ वटा पृथक समूह छन्। काठमाडौंमा अक्टोबर र नोभेम्बर महिनामा दुई वटा जिल्ला अधिवेशन आयोजना गरिए। अधिवेशनमा उपस्थित हुनेहरूको सङ्ख्या ३,३६० थियो। यो शिखर सङ्ख्या हो। अनि बप्तिस्मा गर्नेहरू ५८ जना थिए। यस्तो निरन्तर वृद्धिले प्रभुको काममा “अटल र स्थिर” रहने हाम्रो मनैदेखिको चाहना प्रकट गर्छ।—१ कोरि. १५:५८.