क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
डिसेम्बर महिनामा केही नयाँ शिखर सङ्ख्या कायम भएकोमा हामी धेरै खुसी छौं। प्रकाशकको सङ्ख्या १,९७४ र नियमित अग्रगामी सेवकको सङ्ख्या ५८९ पुगेको छ। साथै १,१९,४६५ वटा पुस्तिका र पर्चा वितरण गरिए। भाइबहिनीले ६८,४६२ घण्टा क्षेत्र सेवामा बिताए र २६,७६० वटा पुनःभेट गरे। यहोवाका सेवकहरू प्रेमले उत्प्रेरित भएर “प्रशंसाको बलिदान” चढाइरहेका छन् भनेर यस रिपोर्टबाट देखिन्छ।—हिब्रू १३:१५.