ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून ३०, २०१४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ।
प्रस्थान २३:२ मा दिइएको सिद्धान्तले मनोरञ्जन छान्ने सन्दर्भमा कसरी मदत गर्छ? [मे ५, w११ ७/१५ पृ. १०-११ अनु. ३-७]
बलिदान चढाउनुअघि पूजाहारीहरूलाई हातगोडा धुनू भनेर दिइएको आज्ञा किन गम्भीर थियो र यो आज्ञा आज यहोवाका सेवकहरूको लागि किन एउटा सम्झौटो हो? (प्रस्थ. ३०:१८-२१) [मे १९, w९६ ७/१ पृ. ९ अनु. ९]
सुनको बाछो बनाएकोमा हारूनलाई किन दण्ड दिइएन? (प्रस्थ. ३२:१-८, २५-३५) [मे १९, w०४ ३/१५ पृ. २७ अनु. ४]
पाठा त्यसको माऊको दूधमा उमालेर नपकाओ भन्ने आज्ञाले कस्तो अर्थ राख्छ? (प्रस्थ. ३४:२६) [मे २६, w०४ ३/१५ पृ. २७ अनु. २]
बजलेल र ओहोलीआबको उदाहरण हाम्रो लागि किन प्रोत्साहनदायी छ? (प्रस्थ. ३५:३०-३५) [मे २६, w१० ९/१ पृ. १३ अनु. १३]
इस्राएलको प्रधान पूजाहारीले लगाउने “पवित्र मुकुट”-ले कुन कुरा सम्झाउँथ्यो र यसले हामीलाई समर्पणबारे कस्तो पाठ सिकाउँछ? (प्रस्थ. ३९:३०) [जून २, w०१ २/१ पृ. १४ अनु. २-३]
सँगी ख्रीष्टियनले कुनै गम्भीर गल्ती गरेको थाह पायौं भने के गर्नुपर्छ? (लेवी ५:१) [जून ९, w९७ ८/१५ पृ. २७]
इस्राएलीहरूको समयमा मेलबलि किन चढाइन्थ्यो र त्यस प्रबन्धले आज हाम्रो लागि कस्तो अर्थ राख्छ? (लेवी ७:३१-३३) [जून १६, w१२ १/१५ पृ. १९ अनु. ११-१२]
हारूनका छोराहरू नादाब र अबीहूको पापमा कुन कुरा समावेश भएको हुन सक्छ र यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (लेवी १०:१, २, ९) [जून २३, w०४ ५/१५ पृ. २२ अनु. ६-८]
बच्चा जन्माएकी स्त्री किन “अशुद्ध” हुन्थी? (लेवी १२:२, ५) [जून २३, w०४ ५/१५ पृ. २३ अनु. २]