अगस्त २५ को हप्ताको तालिका
अगस्त २५ मा सुरु हुने हप्ता
गीत ११२ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १२ अनु. १-८, पृष्ठ १०८ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: गन्ती १४-१६ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
सेवा सभा:
५ मि: स्थानीय अनुभवहरू। परमेश्वरको राज्यबारे निर्धक्क भई प्रचार गरेको एउटा वा दुइटा अनुभवहरू पुनःअभिनय गरेर देखाउनुहोस्। परमेश्वरको राज्यको विज्ञापन गर्ने काममा किन मेहनत गर्नुपर्छ भन्ने विषयमा जोड दिंदै हिब्रू ६:११, १२ मा आधारित छोटो छलफल गर्नुहोस्।
१० मि: राज्यबारे व्याख्या गर्नुहोस्—भाग १। एल्डरद्वारा सेवा स्कूल किताबको पृष्ठ २८०, अनु. १-४ मा आधारित भाषण।
१५ मि: राज्यबारे व्याख्या गर्नुहोस्—भाग २। सेवा स्कूल किताबको पृष्ठ २८०, अनु. ५ देखि पृष्ठ २८१, अनु. १ मा आधारित भएर छलफलका लागि श्रोताहरूलाई केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रकाशकले परमेश्वरको राज्य वास्तविक सरकार हो भनेर प्रमाणित गर्न घरधनीसित तर्क गरेको एउटा प्रदर्शन देखाउनुहोस्।
गीत १०१ र प्रार्थना