क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
मार्च २०१४ मा प्रकाशकहरूको सङ्ख्या २,०३२ पुगेको थाह दिन पाउँदा हामी धेरै खुसी छौं! दुई हजारभन्दा धेरै प्रकाशक पुगेको हेर्न पाएको यो पहिलो पटक हो। सन् १९७० को दशकको सुरुतिर जम्मा ४ जना प्रकाशकहरू थिए। सन् २००८ को अगस्त महिनामा प्रकाशकहरूको सङ्ख्या १,००० पुग्यो। यो सङ्ख्या पुग्न ४० वर्ष लाग्यो। त्यसपछि जम्मा साढे पाँच वर्ष भित्रै थप १,००० प्रकाशकहरूको वृद्धि भयो। देश भित्रका ६ ठाउँमा भएको दुई दिने सम्मेलनमा ४१ जनाले बप्तिस्मा गरेको हेर्न पाउनु कत्ति खुसीको कुरा हो! यस्तो निरन्तर वृद्धिले प्रभुको काममा “अटल र स्थिर” रहने हाम्रो मनैदेखिको चाहना प्रकट गर्छ।—१ कोरि. १५:५८.