कुराकानी थाल्ने उदाहरण
सेप्टेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“धेरै मानिसहरू स्वर्गदूतहरू छन् भनेर विश्वास गर्छन्। तपाईं पनि त्यस्तै विश्वास गर्नुहुन्छ कि? [जवाफ दिने मौका दिनुहोस्।] हामीले नदेख्ने स्वर्गदूतहरू निकै शक्तिशाली छन्। तर के तिनीहरूले हामीलाई मदत गर्न सक्छन्? स्वर्गदूतहरूले अहिले पनि मानिसहरूलाई कसरी मदत गर्छन् भनेर बाइबलमा बताइएको छ।” सेप्टेम्बर १ प्रहरीधरहरा-को अन्तिम पाना देखाउनुहोस् अनि पहिलो प्रश्नअन्तर्गत भएको विषयवस्तु र उद्धरण गरिएका शास्त्रपदमध्ये एउटा छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र अर्को प्रश्नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा सेप्टेम्बर १
“मानिसहरूले गर्दा पृथ्वीको विनाश होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मानिसहरूले पृथ्वीलाई ठूलो हानि पुऱ्याएका छन् र त्यसको क्षतिपूर्ति गर्न तिनीहरू सक्षम छैनन्। तर परमेश्वरले राम्रो अवस्था ल्याउनु हुनेछ र उहाँ त्यसो गर्न इच्छुक पनि हुनुहुन्छ भनेर बाइबलमा बताइएको छ। भजन ६५:९ मा हामी यस्तो आशा पाउँछौं। [पढ्नुहोस्।] परमेश्वरले पृथ्वीको कसरी ख्याल राख्नुहुनेछ र हामीले भविष्यमा यी आशिष्हरू कसरी पाउन सक्छौं भन्ने कुरा यस प्रहरीधरहरा पत्रिकाको अङ्कमा बताइएको छ। राखेर पढ्नुहुन्छ कि?”