ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर २७, २०१४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ।
गन्ती २१:५ अनुसार इस्राएलीहरूले किन परमेश्वर र मोशा विरुद्ध गनगन गरे? यो विवरणबाट हामी कस्तो चेतावनी पाउँछौं? [सेप्टे. १, w९९ ८/१५ पृ. २५-२७]
यहोवा किन बिलामसँग रिसाउनुभयो? (गन्ती २२:२०-२२) [सेप्टे. ८, w०४ ८/१ पृ. २७ अनु. ३]
गन्ती २५:११ बाट पीनहासको मनोवृत्तिबारे हामी के बुझ्न सक्छौं र हामी कसरी तिनको अनुकरण गर्न सक्छौं? [सेप्टे. ८, w०४ ८/१ पृ. २७ अनु. ५]
कुन-कुन तरिकामा मोशाले नम्रता देखाउने सन्दर्भमा हाम्रो निम्ति उत्कृष्ट उदाहरण बसाले? (गन्ती २७:५, १५-१८) [सेप्टे. १५, w१३ ४/१ पृ. ५]
विरोध आए तापनि त्रुटिपूर्ण मानिसहरू परमेश्वरको मार्गमा हिंडिरहन सक्छन् भनेर यहोशू र कालेबले कसरी प्रमाणित गरे? (गन्ती ३२:१२) [सेप्टे. २२, w९३ ११/१ पृ. २५ अनु. १३]
विवाह गर्ने सन्दर्भमा अविवाहित ख्रीष्टियनहरूले सलोफादका आज्ञाकारी छोरीहरूबाट के पाठ सिक्न सक्छन्? (गन्ती ३६:१०-१२) [सेप्टे. २९, w०८ २/१ पृ. १० अनु. १०]
गनगन गर्ने बानी र नकारात्मक बोलीका कारण इस्राएलीहरूले कस्तो परिणाम भोग्नुपऱ्यो र यस विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (व्यव. १:२६-२८, ३४, ३५) [अक्टो. ६, w१३ ८/१५ पृ. ११ अनु. ७]
प्रतिज्ञा गरिएको देशमा यहोवाको आशिष् पाउन र सुखी रहन इस्राएलीहरूले कस्ता दुई किसिमको जिम्मेवारी पूरा गर्नुपर्थ्यो? (व्यव. ४:९) [अक्टो. १३, w०६ ६/१ पृ. २९ अनु. १५]
उजाड-स्थानको यात्राको दौडान कुन अर्थमा इस्राएलीहरूको लुगा फाटेन र तिनीहरूको खुट्टा सुन्निएन? (व्यव. ८:३, ४) [अक्टो. २०, w०४ ९/१५ पृ. २६ अनु. १]
यहोवामै “लीन भइरहनू” भनेर इस्राएलीहरूलाई दिइएको आज्ञा हामी कसरी पालन गर्न सक्छौं? (व्यव. १३:४, ६-९) [अक्टो. २७, w०२ १०/१५ पृ. १६ अनु. १४]