नोभेम्बर ३ को हप्ताको तालिका
नोभेम्बर ३ मा सुरु हुने हप्ता
गीत ७९ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १५ अनु. ८-१२, पृष्ठ १३४ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: व्यवस्था १४-१८ (१० मि.)
न. १: व्यवस्था १५:१६–१६:८ (४ मि. वा कम)
न. २: परमेश्वर आफ्नो छोरालाई सम्झनुहुन्छ—lr अध्याय ३९ (५ मि.)
न. ३: पत्नीको कुरा सुनेर परमेश्वरको सेवा गर्न छोड्नु हुँदैन—td ३६ग (५ मि.)
सेवा सभा:
१० मि: सिकाउने क्षमता विकास गर्ने तरिका—भाग १। सेवा स्कूल किताबको पृष्ठ ५६, अनुच्छेद १ देखि पृष्ठ ५८ मा भएको उपशीर्षकसम्मको विषयवस्तुमा आधारित भाषण।
१० मि: कसै-कसैले जोडतोडले प्रचारमा भाग लिन के गरेका छन्? प्रचारमा अझ धेरै भाग लिन वा अग्रगामी सेवा गर्न आफ्नो तालिकामा छाँटकाँट गरेका दुई वा तीन जना प्रकाशकहरूको एल्डरले अन्तरवार्ता लिनुहोस्। अन्तमा मण्डलीको क्षेत्र सेवाको लागि गरिएका प्रबन्धहरूबारे बताउनुहोस् र सबैलाई व्यावहारिक कदम चालेर प्रचारमा पूरापूर भाग लिन प्रोत्साहन दिनुहोस्।
१० मि: तपाईंको प्रचार गर्ने शैलीमा कस्तो उन्नति भएको छ? सेवा निरीक्षकले छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “प्रचारकार्यमा अझै उन्नति गर्ने” भन्ने शृङ्खलाका लेखहरूले प्रचारकार्यका विभिन्न क्षेत्रमा उन्नति गर्न कसरी मदत गरेको छ, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्। सबैलाई यी लेखहरूमा दिइएका सल्लाहहरू लागू गर्दै जोडतोडले वचन प्रचार गर्न प्रोत्साहन दिनुहोस्।
गीत १०० र प्रार्थना