प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अप्रिल पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 अप्रिल पृ. ३

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अप्रिल २७, २०१५ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ। प्रत्येक हप्ता स्कुलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस्‌ भनेर छलफल गरिने हप्ताको मिति कोष्ठक चिह्नभित्र दिइएको छ।

  1. रूथ र नाओमीबीचको मित्रता अटुट हुनुको कारण के थियो? (रूथ १:१६, १७) [मार्च २, w०९ १०/१ पृ. २९ अनु. ५]

  2. रूथले “गुणवती” भन्‍ने असल नाउँ कमाउनुको कारण के थियो? (रूथ ३:११) [मार्च २, w०५ ३/१ पृ. २८ अनु. ६]

  3. हन्‍नाले कसरी व्यावहारिकता देखाइन्‌? (१ शमू. १:१८) [मार्च ९, w०९ १२/१ पृ. १९ अनु. ९]

  4. हन्‍नाले कसरी आफूलाई भरोसायोग्य साबित गरिन्‌? (१ शमू. २:२१) [मार्च ९, w०८ २/१ पृ. १३ अनु. ५]

  5. केही “बदमाशहरू[ले]” शाऊललाई राजाको रूपमा नस्वीकार्दा तिनले के गरे? हामी यसबाट के सिक्न सक्छौं? (१ शमू. १०:२२, २७, NRV) [मार्च २३, w०५ ३/१५ पृ. २३ अनु. १]

  6. यहोवा परमेश्‍वरको आज्ञा मान्‍नुको साटो बलिदान चढाए मात्र पुग्छ भन्‍ने शाऊलको गलत सोचाइबाट हामी के सिक्न सक्छौं? (१ शमू. १५:२२, २३) [मार्च ३०, w०७ ७/१ पृ. १९ अनु. ३-४]

  7. यहोवा परमेश्‍वर मानिसको बाहिरी रूप नभई “हृदय” हेर्नुहुन्छ भन्‍ने कुराले हामीलाई किन सान्त्वना दिन्छ? (१ शमू. १६:७) [अप्रि. ६, w१० ४/१ पृ. ३१ अनु. ७]

  8. हितोपदेश १:४ अनुसार कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा हामीमा भएको कस्तो क्षमता चलाएको यहोवा चाहनुहुन्छ? (१ शमू. २१:१२, १३) [अप्रि. १३, w०५ ३/१५ पृ. २४ अनु. ५]

  9. दाऊदलाई खानेकुराको प्रबन्ध गरिदिंदा अबिगेलले शिरत्वको सिद्धान्त उल्लङ्‌घन गरेकी थिइनन्‌ भन्‍न किन मिल्छ? (१ शमू. २५:१०, ११, १८, १९) [अप्रि. २०, w१० ५/१ पृ. १९ अनु. १८]

  10. आफूले गर्दै नगरेको गल्तीको लागि अबीगेलले माफी मागेको कुराबाट हामी के सिक्न सक्छौं? (१ शमू. २५:२४) [अप्रि. २०, w०२ ११/१ पृ. ५ अनु. १, ४]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने