प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 अप्रिल पृ. ३
  • अप्रिल २७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • अप्रिल २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 अप्रिल पृ. ३

अप्रिल २७ को हप्ताको तालिका

अप्रिल २७ मा सुरु हुने हप्ता

गीत १ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २३, अनु. १-८, पृष्ठ २०५ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ शमूएल २६–३१ (८ मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: “समयको पूर्ण सदुपयोग” गरेर बुद्धिमान्‌ मानिस जसरी हिंडौं।—एफि. ५:१५, १६.

गीत ६६

१७ मि: प्रहरीधरहरा अध्ययनको लागि कसरी तयारी गर्ने? प्रहरीधरहरा सञ्चालकले सेवा स्कूल किताबको पृ. २८, अनु. ३ देखि पृ. ३१, अनु. २ सम्म, पृ. ७०, अनु. १-३ र पृ. ७० मा भएको पेटीमा आधारित छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: (१) प्रहरीधरहरा-को हरेक अध्ययन लेखबाट पूरापूर लाभ उठाउनु किन महत्त्वपूर्ण छ? (२) पत्रिकाको नयाँ अङ्‌क पाउने बित्तिकै हामीले के गर्नुपर्छ? (३) प्रहरीधरहरा अध्ययन लेखको राम्रो तयारी कसरी गर्न सकिन्छ? (४) उल्लेख गरिएका शास्त्रपदहरू र हरेक लेखको मुख्य विषयलाई कसरी जोड दिइएको छ भनेर किन ध्यान दिनुपर्छ? (५) सिकेका कुराहरूको पुनरावृत्ति कसरी गर्न सक्छौं? (६) हामीले कुनै लेखको व्यक्‍तिगत अध्ययन गरिसकेपछि कस्ता मुख्य बुँदाहरूमाथि मनन गर्नुपर्छ? (७) हामीले टिप्पणी कसरी तयार गर्नुपर्छ? (८) एउटै प्रश्‍नको विभिन्‍न तरिकामा जवाफहरू कसरी दिन सकिन्छ? प्रहरीधरहरा अध्ययनबाट पूरापूर लाभ उठाउन कसै-कसैले व्यक्‍तिगत रूपमा के गरेका छन्‌, बताउन लगाउनुहोस्‌।—हाम्रो राज्य सेवकाई, सेप्टेम्बर २००६, पृ. ४ हेर्नुहोस्‌।

१३ मि: “प्रचारकार्यमा परमेश्‍वरको वचनको शक्‍तिलाई काम गर्न दिनुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। त्यसपछि दुई भागको प्रदर्शन देखाउनुहोस्‌। पहिलो भागमा प्रकाशकले सुसमाचार पुस्तिका घरधनीलाई दिन्छन्‌ अनि बाइबल नखोलिकनै २ तिमोथी ३:१६, १७ मा लेखेका कुराहरू बताउँछन्‌। दोस्रो भागमा प्रकाशकले फेरि त्यही प्रस्तुति गर्छन्‌ तर यस पटक शास्त्रपद बाइबलबाटै पढेर सुनाउँछन्‌। प्रदर्शनको दोस्रो भाग किन प्रभावकारी हुन सक्छ, श्रोतालाई सोध्नुहोस्‌।

गीत १२४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने