ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २९, २०१५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ। प्रत्येक हप्ता स्कुलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस् भनेर छलफल गरिने हप्ताको मिति कोष्ठक चिह्नभित्र दिइएको छ।
मीकलले दाऊदसँग कसरी बोले? यस विवरणबाट विवाहित जोडीहरूले कस्तो पाठ सिक्न सक्छन्? (२ शमू. ६:२०-२३) [मे ११, w१२ १/१ पृ. ३१, अनु. १०]
भविष्यवक्ता नातानले दाऊदलाई मन्दिर बनाउन कदम चाले हुन्छ भन्दा यहोवा परमेश्वरले नातानलाई सच्याउनुभयो। त्यतिखेर तिनले कस्तो प्रतिक्रिया देखाए? (२ शमू. ७:२, ३) [मे ११, w१२ २/१५ पृ. २४, अनु. ६-७]
दाऊदले गम्भीर पाप गरेको कुरा सीधै नबताएर नातानले २ शमूएल १२:१-७ मा रेकर्ड गरिएको दृष्टान्त किन चलाए? यस विवरणले हामीलाई अझ राम्रो शिक्षक बन्न कसरी मदत गर्छ? [मे १८, w१२ २/१५ पृ. २४, अनु. २-३]
अब्शालोम इस्राएलीहरूलाई बहकाउन कसरी सफल भए? आधुनिक समयका “अब्शालोमहरू” बाट हामी कसरी आफूलाई जोगाउन सक्छौं? (२ शमू. १५:६) [मे २५, w१२ ७/१५ पृ. १३, अनु. ७]
सीबाले मपीबोशेतलाई कस्तो आरोप लगाए? मपीबोशेत हाम्रो लागि किन असल उदाहरण हुन्? (२ शमू. १६:१-४) [जून १, w०२ २/१५ पृ. १४, अनु. ११-१२]
दाऊदलाई खाँचो पर्दा यहोवाले कसरी मदत गर्नुभयो र यसबाट हामी के सिक्न सक्छौं? (२ शमू. १७:२७-२९) [जून १, w०८ ९/१ पृ. १५, अनु. १५-१६]
बर्जिलाइको उदाहरणबाट मण्डलीका वृद्ध भाइबहिनीहरूले कसरी लाभ उठाउन सक्छन्? (२ शमू. १९:३३-४०) [जून ८, w०७ ६/१ पृ. २४, अनु. १३]
वफादारीसम्बन्धी दाऊदका शब्दहरूले यहोवाका सेवकहरूलाई कस्तो सान्त्वना दिन्छ? (२ शमू. २२:२६, NRV) [जून १५, w१३ ६/१५ पृ. १७, अनु. ४]
नातानले यहोवाप्रति वफादार भएको कसरी देखाए र हामी तिनको वफादारीको अनुकरण कसरी गर्न सक्छौं? (१ राजा १:११-१४) [जून २२, w१२ २/१५ पृ. २५, अनु. १, ४-५]
सुलेमानले जस्तै परमेश्वरका सेवकहरूले जीवनका कस्ता पक्षहरूमा गलत तर्क गरेर परमेश्वरको आज्ञालाई फितलो बनाउन सक्छन्? (१ राजा ३:१) [जून २९, w११ १२/१५ पृ. १०, अनु. १२-१४]