अगस्त १० को हप्ताको तालिका
अगस्त १० मा सुरु हुने हप्ता
गीत ६१ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २८, अनु. १-७ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ राजा २१–२२ (८ मि.)
न. १: १ राजा २२:१३-२३ (३ मि. वा कम)
न. २: अरूको फाइदा खोज्नुहोस्—मनोरञ्जन छान्ने सन्दर्भमा—lv अध्या. ६, अनु. २०-२३ (५ मि.)
न. ३: परमेश्वरको राज्यले के गर्नेछ? —bh अध्या. ८, अनु. ११-२१ (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” —यहो. २४:१५.
१० मि: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” यस महिनाको मुख्य विषयमा आधारित भाषण। व्यवस्था ६:६, ७; यहोशू २४:१५ र हितोपदेश २२:६ पढ्नुहोस् र कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्। परिवारमा आध्यात्मिक मदत दिन पति तथा बुबाले नेतृत्व लिनुपर्छ भन्ने कुरामा जोड दिनुहोस्। परिवारलाई मदत गर्न हाम्रो सङ्गठनले प्रबन्ध गरेका थुप्रै सामग्रीबारे बताउनुहोस्। यस महिनामा हुने सेवा सभाका केही भागहरू छोटकरीमा चर्चा गर्दै यी भागहरू यस महिनाको मुख्य विषयसित कसरी सम्बन्धित छन्, बताउनुहोस्।
२० मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—नयाँ प्रकाशकलाई तालिम दिनुहोस्।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यस लेखमा दिइएका केही बाइबल सिद्धान्त आमाबुबाले आफ्ना छोराछोरीको आध्यात्मिक उन्नति गराउन कसरी लागू गर्न सक्छन्, श्रोतालाई सोध्नुहोस्। बुबाले सानो छोरा वा छोरीसित प्रचारको लागि प्रस्तुति तयार गरिरहेको एउटा प्रदर्शन देखाउन लगाउनुहोस्।
गीत ९३ र प्रार्थना