क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
मार्च २०१५ मा ६ वटा नयाँ शिखर सङ्ख्या कायम भएको छ। ती सङ्ख्याहरू हुन्: नियमित अग्रगामी ६९७; कुल प्रकाशक २,२५१; पुस्तिका २,५३,७४५; घण्टा ८३,६५०; पत्रिका ४२,१११ र पुनःभेट ३२,७११। यो विशेष महिनामा प्रचारकार्यमा जोडतोडले भाग लिइयो भनेर यी शिखर सङ्ख्याहरूले देखाउँछ।—भज. ११०:३.