कुराकानी थाल्ने उदाहरण
ब्यूँझनुहोस्! जुलाई–सेप्टेम्बर
बुबा वा आमाले प्रचारकार्यमा पत्रिका प्रस्तुत गर्दा कुराकानीमा छोरा वा छोरीलाई पनि समावेश गर्न सक्छन्। बुबाले यसो भन्न सक्छन्, “आज मेरो छोरासित तपाईंको छरछिमेकमा एउटा उपयोगी जानकारी दिन आएको हुँ। [घरधनीलाई छोरासित परिचय गराउनुहोस्।] यो पत्रिका हेर्नुहोस् त। यस पत्रिकामा पारिवारिक सम्बन्ध बलियो बनाउन मदत गर्ने बुद्धिमानी सल्लाहहरू पाइन्छ। [पृष्ठ १४ मा भएको “वचनबद्ध भइरहनुहोस्” भन्ने लेख देखाउनुहोस्।] पृष्ठ १५ मा भएको पेटीमा दिइएका मूल शास्त्रपदहरू मेरो छोराले पढेर सुनाउनेछ। [छोरालाई पत्रिकाबाट तीन वटा शास्त्रपद पढ्न लगाउनुहोस्।] यी सिद्धान्तहरू आफ्नो जीवनमा लागू गऱ्यौं भने पारिवारिक जीवन सुखी हुन्छ जस्तो तपाईंलाई लाग्दैन र?”