पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा जुलाई
“पहिलेदेखि राख्दै आएको मूल्यमान्यतालाई आज धेरैजसोले तिरस्कार गर्छन्। पापप्रतिको मानिसहरूको धारणालाई पुरानो जमानाको ठानिन्छ। तपाईंको विचारमा यसले मानिसको मनोवृत्ति र कार्यमा कस्तो असर पार्ला? [जवाफ दिने मौका दिनुहोस्। घरधनी जिज्ञासुजस्तो देखिएमा तिनको अनुमति लिएर २ तिमोथी ४:३, ४ पढ्नुहोस्।] पाप के हो र यसले हामीलाई कसरी असर गर्छ, यी लेखहरूमा बताइएको छ।”
प्रहरीधरहरा अगस्त
“थुप्रै मानिसले सर्वोच्चलाई केवल परमेश्वर भनेर सम्बोधन गर्छन्। के तपाईंलाई उहाँको नाम छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि धर्मशास्त्रबाटै यस प्रश्नको जवाफ दिन सकिन्छ कि भनेर सोध्नुहोस्। तिनी राजी भएमा यशैया ४२:८क प्रहरीधरहरा-को पृष्ठ ३, अनुच्छेद १ बाट देखाउनुहोस्।] परमेश्वरलाई उहाँको नामले नै चिन्नुको अर्थ के हो, यस पत्रिकामा बताइएको छ।”