ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
निम्न प्रश्नहरू अक्टोबर २६, २०१५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ।
१. दोस्रो राजा १३:१८, १९ को विवरणले परमेश्वरको सेवामा जोसिलो हुनु र पूरा मनदेखि लाग्नु महत्त्वपूर्ण छ भनेर कसरी देखाउँछ? [सेप्टे. ७, w१० ४/१ पृ. २८, अनु. ११]
२. यहोवाले किन अजर्याहलाई (उज्जियाह) कोर रोगले प्रहार गर्नुभयो? (२ राजा १५:१-६) [सेप्टे. १४, w०५ ८/१ पृ. ११, अनु. ५]
३. भविष्यवक्ता यशैयामार्फत आएको परमेश्वरको वचनमा भरोसा नभएको कुरा राजा आहाजले कसरी देखाए? महत्त्वपूर्ण निर्णय गर्दा आफैलाई कस्तो प्रश्न सोध्न सक्छौं? (२ राजा १६:७) [सेप्टे. १४, w१३ ११/१५ पृ. १७, अनु. ५]
४. यहोवा उद्देश्य पूरा गर्नुहुने परमेश्वर हुनुहुन्छ भनेर कसरी थाह पाउँछौं? (२ राजा १९:२५) [सेप्टे. १४, w९९ ८/१५ पृ. १४, अनु. ३]
५. योशियाहको नम्रताले हामीलाई बाइबल पढाइ र अध्ययनबाट पूरापूर लाभ उठाउन कसरी मदत गर्छ? (२ राजा २२:१९, २०) [सेप्टे. २१, w०० ३/१ पृ. ३०, अनु. २]
६. दोस्रो राजा २५:२७-३० मा उल्लेख गरिएका दुई राजा अस्तित्वमा थिए भनेर पुरातत्त्वविद्हरूले कसरी प्रमाणित गरेका छन्? [सेप्टे. २८, w१२ १०/१ पृ. ५, अनु. २-३]
७. याबेसले यहोवासित कस्ता तीन बिन्ती गरे? प्रार्थनाको विषयमा यसले हामीलाई के सिकाउँछ? (१ इति. ४:९, १०) [अक्टो. ५, w११ ४/१ पृ. २९]
८. पहिलो इतिहास ५:१८-२२ मा वर्णन गरिएको युद्धको परिणामले हामीलाई आध्यात्मिक युद्ध साहसी भएर लड्न कसरी मदत गर्छ? [अक्टो. १२, w०५ १०/१ पृ. ९, अनु. ७]
९. रगतसम्बन्धी यहोवाको नियममा लुकेको सिद्धान्त दाऊदले कसरी बुझ्न सके? तिनको उदाहरणबाट हामी के गर्न उत्प्रेरित हुन्छौं? (१ इति. ११:१७-१९) [अक्टो. १९, w१२ ११/१५ पृ. ६-७, अनु. १२-१४]
१०. करारको सन्दुक यरूशलेम फर्काएर ल्याउन खोज्दा दाऊद के गर्न चुके? यसबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (१ इति. १५:१३) [अक्टो. २६, w०३ ५/१ पृ. १०-११, अनु. ११-१३]