नोभेम्बर ३० को हप्ताको तालिका
नोभेम्बर ३० मा सुरु हुने हप्ता
गीत ९४ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
ia अध्या. ३, अनु. १४-२१, पृष्ठ ३० मा भएको पेटी र पृष्ठ ३२ मा भएको पुनरावृत्ति पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ इतिहास ६-९ (८ मि.)
न. १: २ इतिहास ६:२२–२७ (३ मि. वा कम)
न. २: हामी किन यहोवाको आज्ञा पालन गर्छौं?—bh अध्या. १२, अनु. १७-२२ (५ मि.)
न. ३: मोआबको मैदानमा इस्राएलीहरूले जुन पाप गरेका थिए, त्यस घटनाले आज हामीलाई के पाठ सिकाउँछ?—lv अध्या. ९, अनु. १-६ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: “मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्वरले त्यसलाई हुर्काउनुभयो।”—१ कोरि. ३:६.
१० मि: के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ? जनवरी २००७ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ मा आधारित एल्डरद्वारा भाषण।
१० मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “प्रचारकार्यमा अझै उन्नति गर्ने —बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्” भन्ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूलाई कस्तो फाइदा भएको छ र तिनीहरूले कस्ता अनुभवहरू बटुलेका छन्, टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत १४१ र प्रार्थना
नोट: पहिला एक चोटि धुन सुन्नुहोस् अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्।