क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
भूकम्पले हाम्रो प्रचारकार्यलाई पनि असर गऱ्यो भनेर जून महिनाको रिपोर्टले देखाउँछ। तैपनि यस्तो अवस्थामा सम्मेलन आयोजना गर्न सक्नु खुसीको कुरा हो। मे र जून महिनामा काठमाडौंलगायत अरू चार सहरमा भएको सम्मेलनमा २४ जनाले बप्तिस्मा गरे। जून महिनामा धेरैले सहायक अग्रगामी सेवा गरेको देख्न पाउनु प्रोत्साहनदायी कुरा हो। यहोवाले हामीलाई “असाधारण शक्ति” दिनुहुनेछ। त्यसैले हरेस नखाई अघि बढिरहौं। साँच्चै, “हामी सबैतिरबाट थिचिएका छौं तर चल्नै नसक्ने गरी चेपिएका छैनौं; . . . हामी लोटेका छौं तर नाश भएका छैनौं।”—२ कोरि. ४:७-९.