डिसेम्बर ७ को हप्ताको तालिका
डिसेम्बर ७ मा सुरु हुने हप्ता
गीत ८६ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
ia अध्या. ४, अनु. १-१५, पृष्ठ ३९ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ इतिहास १०-१४ (८ मि.)
न. १: २ इतिहास १३:१३-२२ (३ मि. वा कम)
न. २: जीवनको आदर गर्नुहोस्—bh अध्या. १३, अनु. ३-९ (५ मि.)
न. ३: अवैध यौनसम्बन्ध भनेको के हो?—lv अध्या. ९, अनु. ७-८ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।”—प्रेषि. १४:२२.
१० मि: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।” यस महिनाको मुख्य विषयमा आधारित भाषण। प्रेषित १४:२१, २२ र १ पत्रुस ४:१२-१४ पढ्नुहोस् र छलफल गर्नुहोस्। (प्रहरीधरहरा, सेप्टेम्बर १५, २०१४, पृ. १३, अनु. ३-६ हेर्नुहोस्।) डिसेम्बर महिनामा हुने सेवा सभाका केही भागबारे छोटकरीमा बताउनुहोस् र यी भागहरू यस महिनाको मुख्य विषयसित कसरी सम्बन्धित छन्, बताउनुहोस्। आउँदो हप्ता ‘विश्वासले हिंड्नुहोस्, दृष्टिले होइन’ भिडियोबाट छलफल हुनेछ। त्यसैले यो भिडियो हेर्न सम्झाउनुहोस्।
१० मि: कसरी जवाफ दिनुपर्छ? (कल. ४:६) सेवा स्कुल किताबको पृष्ठ ६९, अनुच्छेद १-३ मा आधारित भाषण। दुइटा फरक प्रदर्शन देखाउन लगाउनुहोस्। पहिलो प्रदर्शनमा रूखो व्यवहार गरेका घरधनीलाई प्रकाशकले त्यस्तै जवाफ फर्काउँदा नतिजा नराम्रो भएको देखाउनुहोस्। दोस्रो प्रदर्शनमा चाहिं घरधनीले रूखो व्यवहार गर्दा प्रकाशकले तुरुन्तै जवाफ फर्काउँदैनन् बरु एकछिन सोच्छन् अनि दयालु भई जवाफ दिन्छन्। त्यसपछि घरधनीले पनि राम्रो प्रतिक्रिया देखाउँछन्।
१० मि: “भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—हबकूक।” प्रश्न-उत्तर।
गीत ७४ र प्रार्थना