प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जनवरी पृ. २
  • जनवरी ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जनवरी पृ. २

जनवरी ४-१० को हप्ताको तालिका

२ इतिहास २९–३२

  • गीत ११४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “साँचो उपासनाको लागि कडा मेहनत गर्नुपर्छ”: (१० मि.)

    • २इ २९:१०-१७—हिजकियाहले साँचो उपासना पुनर्स्थापना गरे

    • २इ ३०:५, ६, १०-१२—हिजकियाहले निष्कपट मानिसहरूलाई उपासनाको लागि एक ठाउँमा भेला हुन आग्रह गरे

    • २इ ३२:२५, २६—हिजकियाहले घमन्ड त्यागे अनि नम्र भए (w०५ १०/१५ पृ. २५ अनु. २०)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • २इ २९:११—प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा हिजकियाहबाट कस्तो पाठ सिक्न सक्छौं? (w१३ ११/१५ पृ. १७ अनु. ६-७)

    • २इ ३२:७, ८—भविष्यमा आइपर्ने गाह्रो परिस्थितिको सामना गर्न कस्तो व्यावहारिक कदम चाल्न सक्छौं? (w१३ ११/१५ पृ. २० अनु. १७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: २इ ३१:१-१० (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार गर्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा ब्यूँझनुहोस्‌!—नमुना प्रस्तुति भिडियो देखाउनुहोस्‌ अनि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। प्रकाशकले पुनःभेटको लागि कसरी बाटो तयार पारे भन्‍ने कुरामा जोड दिनुहोस्‌। सुसमाचार पुस्तिकाको लागि पनि यसै गर्नुहोस्‌। “सुसमाचार पुस्तिका चलाएर कसरी बाइबल अध्ययन गराउन सक्छौं?” भन्‍ने भागबारे बताउनुहोस्‌ र समयले दिन्छ भने छलफल गर्नुहोस्‌। प्रकाशकहरूलाई “मेरो प्रस्तुति” भन्‍ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १२७

  • “उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। राज्यभवन निर्माणकार्यमा भाग लिएकाहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌। तिनीहरूले कस्तो महसुस गरे, सोध्नुहोस्‌। राज्यभवनको सरसफाइ र मर्मतसम्भार कामको निरीक्षण गर्ने भाइको अन्तरवार्ता लिनुहोस्‌। मण्डलीमा सरसफाइ र मर्मतसम्भारको लागि के-कस्तो प्रबन्ध मिलाइएको छ, सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ६ अनु. १-१४ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४२ र प्रार्थना

    नोट: पहिला एक चोटि धुन सुन्‍नुहोस्‌ अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने