बाइबलमा पाइने अनमोल धन | भजन ११-१८
यहोवाको वासस्थानमा कसले बास गर्न पाउनेछ?
यहोवाको मित्रहरूले मात्र उहाँको वासस्थानमा बास गर्न पाउनेछन्। तिनीहरू उहाँमा भरोसा राख्छन् र उहाँको आज्ञा पालन गर्छन्। यहोवा कस्ता व्यक्तिहरूलाई साथी बनाउनुहुन्छ भन्ने कुरा भजन अध्याय १५ मा पाउँछौं।
यहोवाको वासस्थानमा बास गर्नेहरूले के गर्नुपर्छ?
सत्यनिष्ठामा चल्नुपर्छ
मनैदेखि सत्य बोल्नुपर्छ
यहोवाका अरू सेवकहरूलाई आदर गर्नुपर्छ
गाह्रो भए पनि आफ्नो वचन पूरा गर्नुपर्छ
केही पाउने आस नगरी खाँचोमा परेकाहरूलाई मदत गर्नुपर्छ
यहोवाको वासस्थानमा बास गर्नेहरूले के गर्नु हुँदैन?
अरूको कुरा काट्नु हुँदैन र निन्दा गर्नु हुँदैन
आफ्नो छिमेकीको खराबी गर्नु हुँदैन
ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको नाजायज फाइदा उठाउनु हुँदैन
यहोवाको सेवा नगर्ने र उहाँको आज्ञा पालन नगर्नेहरूसित सङ्गत गर्नु हुँदैन
घूस लिनु हुँदैन