बाइबलमा पाइने अनमोल धन | भजन ७४-७८
यहोवाका कामहरू सम्झनुहोस्
यहोवाले गर्नुभएका असल कामहरूबारे मनन गर्नै पर्छ
मनन गर्दा परमेश्वरको वचनमा पढेका कुराहरू राम्ररी बुझ्न सक्छौं र आध्यात्मिक भोजनप्रति मनैदेखि कृतज्ञ हुन सक्छौं
यहोवाबारे गहिरिएर विचार गर्दा उहाँका अद्भुत कामहरू र उहाँले हामीसामु राख्नुभएको आशा सम्झन सक्छौं
यहोवाका कामहरूमा यी कुराहरू पर्छन्:
सृष्टि
सृष्टिबारे हामी जति धेरै कुरा थाह पाउँछौं, यहोवाप्रतिको हाम्रो श्रद्धा त्यति नै प्रगाढ हुन्छ
मण्डलीका नियुक्त पुरुषहरू
हामी यहोवाले नेतृत्व लिन नियुक्त गर्नुभएकाहरूको अधीनमा बस्नुपर्छ
उद्धारका कामहरू
यहोवाले गर्नुभएका उद्धारका कामहरू सम्झँदा उहाँ आफ्ना सेवकहरूको हेरचाह गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्ने कुरामा हामी अझ ढुक्क हुन्छौं