बाइबलमा पाइने अनमोल धन | यर्मिया ५१-५२
यहोवाको प्रत्येक वचन पूरा हुन्छ
यहोवाले पछि हुने घटनाहरू तोकेरै भविष्यवाणी गर्नुभयो
धनुर्धारी शाही फारसी पहरेदार
“काँड तिखार!”
मादी र फारसीहरू धनु चलाउन असाध्यै पोख्त थिए। तिनीहरूको मुख्य हतियार नै धनु थियो। गहिरो चोट पुऱ्याउन तिनीहरू काँडलाई तिखार्थे
“बाबेलका योद्धाहरूले युद्ध गर्न छोडे”
नाबोनिडसको इतिहासअनुसार “कोरेसका सिपाहीहरूले युद्ध नलडिकनै बाबेलभित्र प्रवेश गरे।” यो विवरण यर्मियाको भविष्यवाणीसित मिल्छ
नाबोनिडसको इतिहास
“बाबेल उजाडको ढेर [र] सदाको निम्ति उजाड पारिनेछ”
ईसापूर्व ५३९ देखि बाबेल छायामा पर्न थाल्यो। हुन त महान् सिकन्दरले यसलाई राजधानी बनाउन चाहेका थिए तर अकस्मात् तिनको मृत्यु भयो। प्रथम शताब्दीमा यहूदीहरू अझै बेबिलोनमा थिए। किनभने प्रेषित पत्रुस तिनीहरूलाई भेट्न गएका थिए। तर चौथो शताब्दीसम्म यो सहर पूरै खण्डहर भइसकेको थियो। हो, बेबिलोन सहर अन्ततः अस्तित्वबाट मेटियो