मे २१-२७ को हप्ताको तालिका
मर्कूस ११-१२
गीत ३४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“सबै जनाले भन्दा उनले धेरै खसाली”: (१० मि.)
मर्कू १२:४१, ४२—गरिब विधवाले मन्दिरका दानपात्रहरूमा असाध्यै थोरै मोलका दुई साना सिक्का खसालेको येशूले देख्नुभयो (nwtsty-E अध्ययन नोट “दानपात्रहरू,” “दुई साना सिक्का,” “असाध्यै थोरै मोलका”)
मर्कू १२:४३—येशूले त्यस विधवाको त्यागको मोल गर्नुभयो र उनको त्यागबारे चेलाहरूलाई बताउनुभयो (w९७ १०/१५ पृ. १६-१७ अनु. १६-१७)
मर्कू १२:४४—यहोवाको नजरमा त्यस विधवाको दान धेरै मोलको थियो (w९७ १०/१५ पृ. १७ अनु. १७; w८७-E १२/१ पृ. ३० अनु. १; cl-E पृ. १८५ अनु. १५)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
मर्कू ११:१७—येशूले किन मन्दिरलाई “सबै जातिका लागि प्रार्थनाको घर” भन्नुभयो? (nwtsty-E अध्ययन नोट “सबै जातिका लागि प्रार्थनाको घर”)
मर्कू ११:२७, २८—येशूका विरोधीहरूले “यी सब” भनेर कुन कुराहरूबारे बताउँदै थिए? (jy-E पृ. २४४ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मर्कू १२:१३-२७
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्, देखाउनुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीले हालसालै आफ्नो आफन्तको मृत्यु भएको कुरा बताउँछन्।
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
ख्रीष्टियन जीवन
यहोवामाथिको विश्वासले सबै कुरा सम्भव तुल्याउँछ: (१५ मि.) भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अतिरिक्त लेख पृ. २४६-२४९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९८ र प्रार्थना