ख्रीष्टियन जीवन
प्रचारकार्यमा अझै उन्नति गर्ने—JW.ORG चलाउनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ?: शिक्षण सामग्रीमा भएका हरेक प्रकाशनमा jw.org वेबसाइटमा जान आग्रह गरिएको हुन्छ। वास्तवमा jw.org कार्ड र जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ कहाँ पाइन्छ? भन्ने पर्चाको मुख्य उद्देश्य नै मानिसहरूलाई हाम्रो वेबसाइटतर्फ डोऱ्याउनु हो। हाम्रो शिक्षण सामग्रीमा भएको कुनै पनि प्रकाशनको इलेक्ट्रोनिक प्रति इमेलमार्फत पठाउन वा प्रकाशनको लिङ्क सेयर गर्न तपाईँ jw.org प्रयोग गर्न सक्नुहुन्छ। विशेषगरि यो तरिका फरक भाषा बोल्ने मानिसहरूलाई साक्षी दिँदा मदतकारी हुन सक्छ। साथै मानिसहरूले कहिलेकाहीँ यस्ता प्रश्नहरू सोध्न सक्छन्, जसको जवाफ हाम्रो शिक्षण सामग्रीमा भएका प्रकाशनहरूमा नपाइन सक्छ। त्यसैले यदि हामीले वेबसाइट चलाउन जान्यौँ भने हामी प्रचारकार्यमा अझै प्रभावकारी हुन सक्छौँ।
हामी कसरी यसो गर्न सक्छौँ?:
“बाइबलको शिक्षा” भन्ने ट्याब प्रयोग गर्नुहोस्। मानौँ, तपाईँ कुनै आमा वा बुबालाई साक्षी दिँदै हुनुहुन्छ, जो छोराछोरी हुर्काउने विषयबारे थप जानकारी पाउन चाहन्छन्। त्यसको लागि बाइबलको शिक्षा > पारिवारिक तथा वैवाहिक जीवन अन्तर्गत हेर्नुहोस्।
“प्रकाशनहरू” भन्ने ट्याब प्रयोग गर्नुहोस्। मानौँ, तपाईँ स्कुलमा अनौपचारिक साक्षी दिँदै हुनुहुन्छ र आफ्नो साथीलाई युवाहरूको १० प्रश्नका जवाफहरू भन्ने पुस्तिका दिन चाहनुहुन्छ। त्यसको लागि प्रकाशनहरू > पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्।
“हाम्रो बारेमा” भन्ने ट्याब प्रयोग गर्नुहोस्। मानौँ, तपाईँ आफ्नो सहकर्मीलाई साक्षी दिँदै हुनुहुन्छ, जो हाम्रो विश्वासबारे छोटकरीमा बुझ्न चाहन्छन्। त्यसको लागि हाम्रो बारेमा > अक्सर सोधिने प्रश्नहरू अन्तर्गत हेर्नुहोस्।
JW.ORG चलाउनुहोस् भन्ने भिडियो हेर्नुहोस् अनि निम्न मानिसहरूलाई मदत गर्न हाम्रो वेबसाइटको कहाँ जान सक्नुहुन्छ, विचार गर्नुहोस्:
नास्तिकलाई
हालसालै आफ्नो प्रियजन गुमाएको व्यक्तिलाई
निष्क्रिय भाइ वा बहिनीलाई
हाम्रो खर्च कसरी बेहोरिन्छ भनेर बुझ्न चाहने पुनःभेटलाई
कुनै विदेशीलाई, जो आफ्नो देशको सभामा उपस्थित हुन चाहन्छन्