प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr19 अप्रिल पृ. १-२
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१९)
  • उपशीर्षकहरू
  • अप्रिल २२-२८
  • बहुमूल्य रत्न खोजौँ
  • अप्रिल २९–मे ५
  • बहुमूल्य रत्न खोजौँ
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१९)
mwbr19 अप्रिल पृ. १-२

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

अप्रिल २२-२८

बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी १४-१६

बहुमूल्य रत्न खोजौँ

w१२-E ९/१ पृ. ९, पेटी

के प्रेषित पावलले स्त्रीहरूलाई बोल्नदेखि निषेध गरे?

प्रेषित पावलले यस्तो लेखे, “स्त्रीहरू मण्डलीमा चुपचाप रहून्‌।” (१ कोरिन्थी १४:३४) तिनी के भन्‍न खोज्दै थिए? के तिनले स्त्रीहरूसित समझै हुँदैन भन्‍न खोजिरहेका थिए? होइन। साँच्चै भन्‍ने हो भने तिनले स्त्रीहरूले पनि अरूलाई असल कुरा सिकाउन सक्छन्‌ भन्‍ने कुरालाई पटक-पटक जोड दिएका छन्‌। (२ तिमोथि १:५; तितस २:३-५) कोरिन्थीहरूलाई लेखेको पत्रमा पावलले स्त्रीहरूलाई मात्र होइन, विभिन्‍न भाषामा बोल्ने र भविष्यवाणी गर्ने वरदान पाएकाहरूलाई पनि मण्डलीमा कोही अर्को ख्रिष्टियन बोलिरहेको बेलामा “चुपचाप” बस्न सल्लाह दिए। (१ कोरिन्थी १४:२६-३०, ३३) त्यस ठाउँका मानिसहरूमाझ वक्‍ताको कुरालाई बीचैमा काटेर प्रश्‍न सोध्ने चलन थियो। सायद केही ख्रिष्टियन स्त्रीहरू आफूले भर्खरै सिकेको नयाँ कुराबारे यति उत्साहित भएका थिए कि तिनीहरू पनि मण्डलीमा वक्‍ताको कुरा बीचैमा काटेर प्रश्‍न सोध्ने गर्थे। यसले गर्दा मण्डलीमा गोलमाल नमच्चियोस्‌ भन्‍नका लागि पावलले ती स्त्रीहरूलाई ‘घरमा आ-आफ्नो पतिलाई नै सोध्न’ प्रोत्साहन दिए।—१ कोरिन्थी १४:३५.

it-1-E पृ. ११९७-११९८

अविनाशी रूप

येसुलाई फेरि जीवित पारिएकै तरिकामा उहाँका सङ्‌गी उत्तराधिकारीहरूलाई पनि जीवित पार्ने काम हुन्छ। तिनीहरूले अदृश्‍य व्यक्‍तिको रूपमा अनन्त जीवन मात्र होइन, अमरता र अविनाशी शरीर पनि पाउँछन्‌। विनाशी मानव शरीरमा मृत्युसम्मै वफादार भई सेवा गरेपछि तिनीहरूले अविनाशी अदृश्‍य शरीर पाउँछन्‌, जसबारे पावलले १ कोरिन्थी १५:४२-५४ मा बताएका छन्‌। त्यसैले “अमरता”-ले तिनीहरूले पाउने यस्तो जीवनलाई बुझाएको हुन सक्छ, जुन कहिल्यै अन्त हुँदैन अनि कहिल्यै नाश हुँदैन। अनि “अविनाशी रूप”-ले चाहिँ परमेश्‍वरले तिनीहरूलाई दिनुहुने शरीरलाई बुझाएको हुन सक्छ, जुन कुहिएर, बिग्रिएर वा नाश भएर जाँदैन। त्यसैले सायद यहोवाले तिनीहरूलाई यस्तो शक्‍ति दिनुहुन्छ कि तिनीहरूलाई जीवन धान्‍न कुनै पनि बाहिरी उर्जामा भर पर्नु आवश्‍यक छैन, जुन उर्जाहरूमा उहाँका अरू अदृश्‍य तथा भौतिक शरीर भएका जीवहरू भर पर्ने गर्दछन्‌। यसबाट यहोवा तिनीहरूमाथि कत्ति धेरै भरोसा गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउँछौँ। तर तिनीहरूले यस्तो आत्मनिर्भरता अनि कहिल्यै नाश नहुने शरीर पाउँछन्‌ भन्‍नुको अर्थ तिनीहरू परमेश्‍वरको नियन्त्रणमा हुँदैनन्‌ भन्‍ने चाहिँ होइन। तिनीहरू पनि आफ्ना शिर येसु ख्रिष्टजस्तै यहोवाको अधीनमा बसेर उहाँको इच्छाअनुसार चलिरहनुपर्नेछ र उहाँका निर्देशनहरू पालन गरिरहनुपर्नेछ।—१को १५:२३-२८.

अप्रिल २९–मे ५

बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी १-३

बहुमूल्य रत्न खोजौँ

w१०-E ८/१ पृ. २३

के तपाईँलाई थाह थियो?

प्रेषित पावलले “विजय जुलुस”-बारे बताउँदा तिनी वास्तवमा के भन्‍न खोज्दै थिए?

▪ पावलले यस्तो लेखे: “परमेश्‍वर . . . जसले सधैँ हामीलाई ख्रिष्टको साथमा विजय जुलुसमा डोऱ्‍याउनुहुन्छ र आफ्नो ज्ञानको सुगन्ध हामीद्वारा हरेक ठाउँमा फैलाउनुहुन्छ! किनकि उद्धार पाउनेहरूका लागि र नष्ट हुनेहरूका लागि परमेश्‍वरसामु हामी ख्रिष्टका सुगन्ध हौँ। नष्ट हुनेहरूका लागि मृत्युको दुर्गन्ध, जसको परिणाम मृत्यु हुन्छ र उद्धार पाउनेहरूका लागि जीवनको सुगन्ध, जसको परिणाम जीवन हुन्छ।”—२ कोरिन्थी २:१४-१६.

प्रेषित पावल यहाँ रोमीहरूले आफ्नो सेनापतिले शत्रुहरूमाथि विजय हासिल गरेर फर्केपछि उनको लागि निकाल्ने विजय जुलुसबारे बताउँदै थिए। त्यस्ता जुलुसहरूमा विजयी सेनापति र तिनको सेनाको जयजयकार गरिन्थ्यो। अनि युद्धमा लुटिएका मालसामान र कैदीहरूलाई प्रदर्शनमा राखिन्थ्यो र बहरहरूलाई बलि चढाउनको लागि लगिन्थ्यो। विजय जुलुसको अन्तमा बलि चढाइन्थ्यो र सम्भवतः थुप्रै कैदीलाई मृत्युदण्ड दिइन्थ्यो।

प्रेषित पावलले यहाँ “ख्रिष्टका सुगन्ध” भन्‍ने उपमा चलाएका छन्‌, जसले कसैको लागि जीवनको अनि कसैको लागि मृत्युको चित्रण गर्थ्यो। दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया-ले बताएअनुसार त्यो उपमा “रोमीहरूले विजय जुलुसमा जाँदै गर्दा सुगन्धित धूप बाल्ने चलनबाट साभार गरिएको हुन सक्छ। त्यस धूपको बास्नाले रोमीहरूलाई आफूले हासिल गरेको विजयको सम्झना गराउँथ्यो भने कैदी बनाएर ल्याइएकाहरूलाई आफूले छिट्टै भोग्नुपर्ने मृत्युदण्डको सम्झना गराउँथ्यो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने