जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अगस्त १२-१८
बाइबलमा पाइने अनमोल धन | तितस १–फिलेमोन
बहुमूल्य रत्न खोजौँ
w८९-E ५/१५ पृ. ३१ अनु. ५
पाठकहरूको प्रश्न
पावलले क्रेटका सम्पूर्ण मानिसहरूको अपमान हुने अनि जातीय पूर्वाग्रहले भरिएको कुनै पनि भनाइलाई समर्थन गरिरहेका थिएनन्। यो कुरामा हामी विश्वस्त हुन सक्छौँ किनभने पावललाई क्रेटमा परमेश्वरको अनुमोदन पाएका अनि उहाँको पवित्र शक्तिले अभिषेक भएका असल ख्रिष्टियनहरू छन् भनेर थाह थियो। (प्रेषित २:५, ११, ३३) क्रेटमा उल्लेखनीय सङ्ख्यामा ख्रिष्टियनहरू थिए भन्न सक्छौँ किनकि त्यहाँका “सहर-सहरमा” मण्डलीहरू थिए। हुनत ती ख्रिष्टियनहरू पनि त्रुटिपूर्ण थिए तर तिनीहरू पक्कै पनि झूट बोल्ने, अल्छी र घिचुवा त थिएनन् किनकि त्यसो भएका भए तिनीहरूले यहोवाको अनुमोदन पाइरहन सक्दैनथे। (फिलिप्पी ३:१८, १९; प्रकाश २१:८) साथै अहिले संसारको जुनसुकै कुनामा असल हृदय भएका मानिसहरू भेटिएजस्तै क्रेटमा पनि त्यस्ता मानिसहरू पक्कै थिए होलान्, जो आफ्नो वरपरका मानिसहरूको नैतिक स्तर खस्कँदै गएको देखेर दुःखी थिए र ख्रिष्टियन सन्देश स्विकार्न तयार थिए।—इजकिएल ९:४; प्रेषित १३:४८ तुलना गर्नुहोस्।
अगस्त १९-२५
बाइबलमा पाइने अनमोल धन | हिब्रू १-३
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ११८५ अनु. १
प्रतिरूप
के येसु सधैँ हुबहु आफ्नो बुबाजस्तै हुनुहुन्थ्यो?
परमेश्वरको जेठो छोरा, जो पछि मानवको रूपमा जन्मनुभएपछि येसु भनेर चिनिनुभयो, आफ्नो बुबाको प्रतिरूप हुनुहुन्छ। (२को ४:४) परमेश्वरले “आऊ, मानिसलाई हाम्रै स्वरूपमा . . . बनाऔँ” भन्नुहुँदा उहाँ पक्कै आफ्नो छोरासँग कुरा गर्दै हुनुहुन्थ्यो। त्यसैले येसुलाई सृष्टि गरिएको समयदेखि नै उहाँ सबै कुराको सृष्टिकर्ता, आफ्नो बुबाजस्तै हुनुहुन्थ्यो भन्न सक्छौँ। (उत्प १:२६; युह १:१-३; कल १:१५, १६) पृथ्वीमा छँदा त्रुटिरहित पुरुषको रूपमा पनि येसुले आफ्ना बुबाका गुणहरू तथा व्यक्तित्व प्रतिबिम्बित गर्नुभयो। हुनत मानव भएकोले केही सीमितता त पक्कै थिए तर उहाँले सम्भव भएसम्म सबैभन्दा उत्कृष्ट तरिकामा आफ्नो बुबाको महिमा प्रतिबिम्बित गर्नुभयो। त्यसैले त उहाँले “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ” भन्न सक्नुभयो। (युह १४:९; ५:१७, १९, ३०, ३६; ८:२८, ३८, ४२) तर येसुलाई अदृश्य व्यक्तिको रूपमा पुनर्जीवित गरिएपछि र उहाँको बुबा यहोवाले उहाँलाई “स्वर्ग र पृथ्वीको सबै अधिकार” दिनुभएपछि उहाँले अझ उत्कृष्ट तरिकामा यहोवाको महिमा प्रतिबिम्बित गर्नुभयो। (१प ३:१८; मत्ति २८:१८) येसु स्वर्ग फर्कनुभएपछि परमेश्वरले उहाँलाई “अझ उच्च पद दिनुभयो।” त्यसैले पृथ्वीमा आउनुअघि येसुले जुन तरिकामा आफ्नो बुबाको महिमा प्रतिबिम्बित गर्नुहुन्थ्यो, स्वर्ग फर्केपछि त्योभन्दा अझै उत्कृष्ट तरिकामा उहाँले आफ्नो बुबाको महिमा प्रतिबिम्बित गर्नुभयो। (फिलि २:९; हिब्रू २:९) अहिले उहाँ “परमेश्वरको प्रतिरूप” हुनुहुन्छ, भन्ने हो भने दुरुस्त प्रतिरूप हुनुहुन्छ।—हिब्रू १:२-४.
it-1-E पृ. १०६३ अनु. ७
आकाश
भजन १०२:२५, २६ का शब्दहरू यहोवा परमेश्वरको विषयमा भनिएको हो तर प्रेषित पावलले येसु ख्रिष्टको विषयमा चर्चा गर्दा यी पदहरू उद्धरण गरे। किनभने परमेश्वरले भौतिक ब्रह्माण्ड सृष्टि गर्ने काममा आफ्नो एक मात्र छोरालाई प्रमुख कारिगरको रूपमा चलाउनुभएको थियो। परमेश्वरको छोरा भौतिक सृष्टिजस्तो हुनुहुन्न किनभने उहाँ सधैँभरि रहनुहुन्छ। तर भौतिक सृष्टिलाई भने पावलले भनेझैँ परमेश्वरले इच्छा गर्नुभयो भने ‘खास्टोलाई पोको पारेजस्तै पोको पारेर’ राख्न सक्नुहुन्छ।—हिब्रू १:१, २, ८, १०-१२.
अगस्त २६–सेप्टेम्बर १
बाइबलमा पाइने अनमोल धन | हिब्रू ४-६
बहुमूल्य रत्न खोजौँ
it-1-E पृ. ११३९ अनु. २
आशा
“स्वर्गीय बोलावट पाएका”-हरूले (हिब्रू ३:१) अनन्त र अविनाशी जीवन पाउनेछन् भन्ने आशाको ठोस आधार छ र यस आशामा पूर्णतया भरोसा गर्न सकिन्छ। किनकि यस आशालाई परमेश्वरले झूट बोल्न असम्भव दुई वटा कुरा—परमेश्वरको प्रतिज्ञा र शपथले समर्थन गरेको छ। साथै यो आशा ख्रिष्टमा आधारित छ, जो अहिले स्वर्गमा हुनुहुन्छ र अमर हुनुहुन्छ। त्यसैले बाइबलमा यस आशाबारे यसो भनिएको छ: “यो आशा हाम्रो जीवनको लङ्गर हो अनि यो पक्का र अटल छ अनि यसले हामीलाई पर्दाको पछाडि पुऱ्याउँछ [जसरी प्रायश्चितको दिनमा प्रधानपुजारी महापवित्र कोठाभित्र जान्थे], जहाँ हाम्रा अगुवा येसु हाम्रो तर्फबाट प्रवेश गरिसक्नुभएको छ अनि जो सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्नुभएको छ।”—हिब्रू ६:१७-२०.