ख्रिष्टियन जीवन
चोखो चालचलन र गहिरो आदरले मन जित्छ
ख्रिष्टियन बनेका विवाहित स्त्रीहरूले ख्रिष्टको अनुकरण गर्दै असल चालचलन देखाउँदा अक्सर तिनीहरूका पतिहरूले पनि सत्य स्वीकार्छन्। तर त्यसको लागि वर्षौँसम्म गाह्रो अवस्था सहनुपर्ने हुन सक्छ। (१प २:२१-२३; ३:१, २) यदि तपाईँले पनि त्यसरी नै अन्यायपूर्ण तरिकामा दुःख भोगिरहनुभएको छ भने खराबीलाई भलाइले जितिरहनुहोस्। (रोमी १२:२१) तपाईँले भन्ने कुराले भन्दा तपाईँको असल उदाहरणले तपाईँको पतिमा कता हो कता राम्रो प्रभाव पार्न सक्छ।
पतिको दृष्टिकोण बुझ्ने कोसिस गर्नुहोस्। (फिलि २:३, ४) समानुभूति र दया देखाउनुहोस्। पत्नीको रूपमा आफूले पूरा गर्नुपर्ने सबै जिम्मेवारी प्रशंसायोग्य तरिकामा पूरा गर्न सक्दो गर्नुहोस्। राम्ररी सुन्ने बानी बसाल्नुहोस्। (या १:१९) धीरजी हुनुहोस्, तपाईँ आफ्नो पतिलाई प्रेम गर्नुहुन्छ भनेर ढुक्क महसुस गराउनुहोस्। तपाईँको पतिले तपाईँले देखाउनुभएको जस्तो दया र आदर देखाएनन् भने पनि यहोवाले तपाईँको वफादारीको मोल गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्।—१प २:१९, २०.
यहोवा हाम्रो भारी बोक्न बल दिनुहुन्छ भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
बहिनी ग्रेस लिको वैवाहिक जीवन सुरु-सुरुतिर कस्तो थियो?
उनी कसरी बाइबलको सत्यप्रति आकर्षित भइन्?
बप्तिस्मा गरेपछि बहिनी लिले कसरी समस्याहरूको सामना गरिन्?
आफ्नो श्रीमान्बारे बहिनी लिले कस्तो प्रार्थना गरिन्?
चोखो चालचलन र गहिरो आदर देखाएकोले बहिनी लिले कस्ता आशिष्हरू पाइन्?
चोखो चालचलन र गहिरो आदर प्रभावकारी हुन्छ!