ख्रिष्टियन जीवन
दम्पतीहरूले आफ्नो वैवाहिक बन्धनलाई कसरी अझै बलियो बनाउन सक्छन्?
अब्राहाम र साराले एकअर्कालाई माया अनि आदर गरेर विवाहित जोडीहरूका लागि राम्रो उदाहरण बसाले। (उत्प १२:११-१३; १प ३:६) तथापि तिनीहरूको वैवाहिक जीवनमा कुनै समस्या नआएको भने होइन। तिनीहरूले पनि जीवनमा चुनौतीहरूको सामना गर्नुपऱ्यो। अब्राहाम र साराबाट विवाहित जोडीहरूले कस्ता कुराहरू सिक्न सक्छन्?
एकअर्कासित कुराकानी गर्नुहोस्। आफ्नो जोडीले रिसाएको बेला वा झर्को लागेको बेला केही भनिहाले भने पनि नम्रता देखाउनुहोस्। (उत्प १६:५, ६) सँगै समय बिताउनुहोस्। तपाईँ आफ्नो जोडीलाई माया गर्नुहुन्छ भन्ने कुरा बोली र कामद्वारा देखाउनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, अध्ययन गरेर, प्रार्थना गरेर र सँगै यहोवाको उपासना गरेर यहोवालाई आफ्नो वैवाहिक बन्धनमा सामेल गर्नुहोस्। (उप ४:१२) यहोवा यो पवित्र प्रबन्धको सुरुवातकर्ता हुनुहुन्छ। त्यसैले यदि वैवाहिक बन्धन बलियो छ भने त्यसले यहोवाको महिमा गर्छ।
वैवाहिक बन्धन बलियो बनाउनुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
शान र किआराको वैवाहिक बन्धन कमजोर हुँदै गइरहेको कस्ता सङ्केतहरू भिडियोमा देखाइएको थियो?
विवाहित जोडीहरूले खुलस्त कुराकानी गर्नु किन आवश्यक छ?
अब्राहाम र साराको उदाहरणबाट शान र किआराले कस्तो मदत पाए?
आफ्नो वैवाहिक बन्धनलाई अझै बलियो पार्न शान र किआराले कस्ता कदम चाले?
पति र पत्नीले किन आफ्नो वैवाहिक जीवनमा कुनै समस्या हुनेछैन भनेर सोच्नु हुँदैन?
तपाईँ आफ्नो वैवाहिक बन्धनलाई अझै बलियो बनाउन सक्नुहुन्छ!