बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४०-४१
यहोवा युसुफलाई छुटकारा दिनुहुन्छ
यहोवाले युसुफलाई छुटकारा दिनुअघि तिनले १३ वर्ष दास र कैदीको रूपमा जीवन बिताउनुपऱ्यो। युसुफले मनमा तीतो भावना विकास हुन दिएनन् बरु त्यो परिस्थितिले गर्दा थुप्रै पाठ सिके। (भज १०५:१७-१९) यहोवाले आफूलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर तिनलाई थाह थियो। युसुफले गाह्रो अवस्थाको बाबजुद के गरे?
तिनी मेहनती र भरोसायोग्य भएकोले यहोवाले तिनलाई आशिष् दिनुभयो।—उत्प ३९:२१, २२
तिनले आफूसित दुर्व्यवहार गर्नेहरूसित बदला लिनुको साटो अरूलाई साँचो चासो देखाए।—उत्प ४०:५-७
युसुफको उदाहरणले मलाई समस्याहरूको सामना गर्न कसरी मदत गर्छ?
यहोवाले आरमागेडोनमा छुटकारा नदिनुभएसम्म म कस्ता असल कामहरू गर्न सक्छु?