ख्रिष्टियन जीवन
प्रचारकार्यमा अझै उन्नति गर्ने–क्यामरा वा इन्टरकममार्फत प्रचार गर्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? प्रविधिको उन्नति र बढ्दो अपराधले गर्दा सुरक्षाको लागि घरघरमा क्यामरा र इन्टरकम जडान गर्नु सामान्य भइसकेको छ। हामीले देख्न नसक्ने तर हामीलाई भने देख्न सक्ने व्यक्तिलाई सुसमाचार सुनाउन हामीलाई डर लाग्न सक्छ। निर्धक्क भई क्यामरा वा इन्टरकममार्फत प्रचार गर्न हामीलाई यी सम्झौटाहरूले मदत गर्नेछ।
हामी कसरी यसो गर्न सक्छौँ?
सकारात्मक हुनुहोस्। घरमा क्यामरा वा इन्टरकम भएको धेरैजसो घरधनी हामीसित कुरा गर्न इच्छुक हुन्छन्
तपाईँले घण्टी बजाउनुअघिदेखि नै कुनै-कुनै क्यामराले रेकर्डिङ गर्न थाल्छ अनि तपाईँ घरको ढोकानजिकै पुग्नुभएपछि घरधनीले तपाईँलाई हेरिरहेका र तपाईँको कुरा सुनिरहेका हुन सक्छन् भन्ने कुरा याद राख्नुहोस्
घरधनी तपाईँसित कुरा गर्न थाल्दा तिनीसित आमनेसामने कुरा गरेजस्तै इन्टरकम वा क्यामरामा सीधै कुरा गर्नुहोस्। मुस्कुराउनुहोस् अनि स्वाभाविक इशारा गर्नुहोस्। तिनलाई आमनेसामने भेट्दा तपाईँले जसरी कुरा गर्ने योजना बनाउनुभएको थियो, ठीक त्यसरी नै कुरा गर्नुहोस्। यदि क्यामराको अगाडि कुरा गर्नुपऱ्यो भने क्यामराबाट अलि टाढा उभिनुहोस्; धेरै नजिक नजानुहोस्। यदि घरधनी बोल्दैनन् भने सन्देश छोड्नु आवश्यक छैन
कुराकानी टुङ्गिएपछि पनि घरधनीले तपाईँलाई हेरिरहेका र तपाईँको कुरा सुनिरहेका हुन सक्छन् भनेर नबिर्सनुहोस्