नोभेम्बर २-८
प्रस्थान ३९-४०
गीत ८९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मोसाले होसियारीपूर्वक निर्देशनहरू पालन गरे”: (१० मि.)
प्रस्थ ३९:३२—मोसाले होसियारपूर्वक यहोवाको निर्देशन पालन गरेर वासस्थान निर्माण गरे (w११ ९/१५ पृ. २७ अनु. १३)
प्रस्थ ३९:४३—वासस्थान निर्माण गर्ने काम सकिएपछि मोसा आफैले त्यसको निरीक्षण गरे
प्रस्थ ४०:१, २, १६—मोसाले यहोवाको निर्देशनबमोजिम वासस्थान स्थापना गरे (w०५ ७/१५ पृ. २७ अनु. ३)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ ३९:३४—इस्राएलीहरूले वासस्थान बनाउनको लागि चाहिने सिलको छाला कसरी पाएका हुन सक्छन्? (it-2-E पृ. ८८४ अनु. ३)
प्रस्थ ४०:३४—भेट हुने पाललाई बादलले छोप्न थालेको कुराले केलाई गर्थ्यो? (w१५ ७/१५ पृ. २१ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३९:१-२१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) हरेक पटक भिडियोमा प्रश्नहरू देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्। घरधनीले राजनैतिक वा सामाजिक विषयबारे कुरा गर्न खोज्दा कसरी तटस्थता कायम राख्न सक्छौँ, छलफल गर्नुहोस्।
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीले कुनै राजनैतिक मामिला वा उम्मेदवारबारे तपाईँको दृष्टिकोण बुझ्न प्रश्न सोध्दा कसरी जवाफ दिन सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
भाषण: (५ मि. वा कम) w१६.०४ पृ. २९ अनु. ८-१०—विषय: कुराकानी र सोचाइमा हामी कसरी ख्रिष्टियन तटस्थता कायम राख्न सक्छौँ? (th बुँदा १४)
ख्रिष्टियन जीवन
बुझ्न सक्नेगरि सुन्नुहोस् (मत्ति १३:१६): (१५ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि यी प्रश्नहरू सोध्नुहोस्: हामीले किन बुझ्न सक्नेगरि सुन्नुपर्छ? मर्कुस ४:२३, २४ को अर्थ के हो? हिब्रू २:१ लाई उदाहरणसहित कसरी बुझाउन सकिन्छ? हामी बुझ्न सक्नेगरि सुन्दै छौँ भनेर कसरी देखाउन सक्छौँ?
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१२ ३/१५ पृ. १५-१७ अनु. १-१०
समापन टिप्पणी (३ मि. वा कम)
गीत ६७ र प्रार्थना