प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. ५
  • यहोवामा भर पर्न सकिने तीन तरिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामा भर पर्न सकिने तीन तरिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • तपाईं कसरी व्यक्‍तिगत निर्णय गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. ५

ख्रिष्टियन जीवन

यहोवामा भर पर्न सकिने तीन तरिका

दाउदले गोल्यतलाई हराउन सके किनभने तिनी यहोवामा भर परे। (१स १७:४५) यहोवा आफ्ना सेवकहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न चाहनुहुन्छ। (२इ १६:९) त्यसैले हामी आफ्नो क्षमता र अनुभवमा भर नपरी उहाँमा भर पर्नुपर्छ। त्यसो गर्न सकिने तीन तरिका विचार गरौँ:

  • निरन्तर प्रार्थना गर्नुहोस्‌। गल्ती गरिसकेपछि क्षमा माग्नको लागि मात्र नभई प्रलोभनहरूको सामना गर्न बलको लागि प्रार्थना गर्नुहोस्‌। (मत्ति ६:१२, १३) निर्णयहरू गरिसकेपछि यहोवाको आशिष्‌ माग्नको लागि मात्र नभई निर्णय गर्नुअघि बुद्धि र डोऱ्‍याइको लागि प्रार्थना गर्नुहोस्‌।—या १:५.

  • बाइबल पढ्‌ने र अध्ययन गर्ने बानी बसाल्नुहोस्‌। दिनहुँ बाइबल पढ्‌नुहोस्‌। (भज १:२) बाइबलका उदाहरणहरूमा मनन गर्नुहोस्‌ अनि त्यसबाट सिकेका पाठहरू लागू गर्नुहोस्‌। (या १:२३-२५) साक्षीकार्यको लागि सधैँ तयारी गर्नुहोस्‌, आफ्नो अनुभवमा मात्र भर नपर्नुहोस्‌। सभाहरूबाट पूरापूर लाभ उठाउनको लागि पहिल्यै तयारी गर्नुहोस्‌।

  • यहोवाको सङ्‌गठनसँगसँगै अघि बढ्‌नुहोस्‌। सङ्‌गठनले दिने नयाँ निर्देशनहरू थाह पाइराख्नुहोस्‌ र त्यसैअनुसार तुरुन्तै कदम चाल्नुहोस्‌। (गन ९:१७) एल्डरहरूले सल्लाह र निर्देशनहरू दिँदा सुन्‍नुहोस्‌ र ती पालन गर्नुहोस्‌।—हिब्रू १३:१७.

पत्रकारहरू र अरू भाइहरू एक भाइलाई प्रहरीहरूले हिरासतमा लिँदै गरेको हेरिरहेका छन्‌।

खेदोदेखि डराउनुपर्दैन भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

• दाजुभाइ दिदीबहिनीहरूलाई कस्तो चिन्ता लागेको थियो?

• उहाँहरूलाई चिन्ता हटाउन केले मदत गऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने