प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. ११
  • आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • धूम्रपान र भेपिङबारे मैले के थाह पाउनुपर्छ?
    युवाहरू सोध्छन्‌
  • धूम्रपानलाई ईश्‍वर कुन दृष्टिले हेर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तपाईं कसरी खराब इच्छाहरूको प्रतिरोध गर्न सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. ११

ख्रिष्टियन जीवन

आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस्‌

हामी त्रुटिपूर्ण मानिसहरू भएकोले आफ्ना इच्छाहरूलाई वशमा राख्न सङ्‌घर्ष गरिरहनुपर्ने हुन्छ। आफ्नो इच्छालाई नै बढ्‌ता महत्त्व दियौँ भने हामीले यहोवाको अनुमोदन गुमाउन सक्छौँ। जस्तै: कतिपयले गाँस, बास र कपास जुटाउने दौडधुपमा यहोवाप्रतिको प्रेमलाई ओझेलमा पर्न दिन्छन्‌। कतिपय भने आफ्नो यौन इच्छा पूरा गर्नको लागि यहोवाले तोक्नुभएको स्तर उल्लङ्‌घन गर्छन्‌। (रोमी १:२६, २७) अरू भने साथीहरूले स्विकारून्‌ भन्‍ने चाहनाले गर्दा उनीहरूले जे भन्यो, त्यही गर्छन्‌।—प्रस्थ २३:२.

हामी कसरी आफ्ना इच्छाहरूलाई वशमा राख्न सक्छौँ? हामीले आध्यात्मिक कुराहरूमा ध्यान दिन सक्दो गर्नुपर्छ। (मत्ति ४:४) साथै आफ्ना इच्छाहरूलाई वशमा राख्न मदतको लागि यहोवालाई बिन्ती गर्नुपर्छ। किन? किनभने हाम्रो लागि के असल छ अनि हाम्रो उचित इच्छाहरू कसरी पूरा गर्ने भनेर उहाँ जान्‍नुहुन्छ।—भज १४५:१६.

आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌” भिडियोको एउटा दृश्‍य। फ्याक्ट्रीले चुरोट पिइरहेका पुतलीहरू बनाउँदै छ।

    केही मानिसहरू किन चुरोट पिउँछन्‌?

  • “आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌” भिडियोको एउटा दृश्‍य। चुरोट पिउने एक जना व्यक्‍तिको फोक्सोले बेस्सरी खोक्दै छ।

    चुरोट पिउँदा तपाईँलाई कस्तो हानी पुग्छ?

  • “आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌” भिडियोको एउटा दृश्‍य। एक बडेमाको व्यापारीले एउटी युवतीलाई फसाउन माछा मार्ने रडमा भेपलाई चारोको रुपमा झुण्ड्याउँछन्‌।

    चुरोट पिउनु र भेपिङ्‌ गर्नु किन गलत हो?—२को ७:१

  • “आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌” भिडियोको एउटा दृश्‍य। एउटी युवती छतबाट घमाइलो आकाश हेर्दै छिन्‌।

    तपाईँ चुरोट पिउने तलतल रोक्न सक्नुहुन्छ!

    चुरोट पिउन इन्कार गर्न वा त्यसको कुलत त्याग्न तपाईँ के गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने