प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. ११
  • यस युगको अन्त हुँदा हामी बचाइनेछौँ भनेर ढुक्क हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यस युगको अन्त हुँदा हामी बचाइनेछौँ भनेर ढुक्क हुनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यस संसारको अन्त कसरी हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. ११
एक भाइ “यहोवाको शुद्ध उपासना आखिरमा पुनर्स्थापित हुन्छ!” किताब पढ्‌दै छन्‌। तिनी आरमागेडोनमा एक स्वर्गदूतले यहोवाका मानिसहरूलाई सुरक्षा दिइरहेको कल्पना गर्छन्‌।

ख्रिष्टियन जीवन

यस युगको अन्त हुँदा हामी बचाइनेछौँ भनेर ढुक्क हुनुहोस्‌

अब चाँडै यहोवाको धैर्यको बाँध टुट्‌नेछ। झूटो धर्मको विनाश हुनेछ, राष्ट्रहरूको गठबन्धनले परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्नेछ अनि यहोवाले आरमागेडोनको युद्धमा दुष्टहरूलाई नाश गर्नुहुनेछ। यी उल्लेखनीय घटनाहरू हुने समयको हामी तीव्र प्रतीक्षा गर्दै छौँ।

हामीलाई महासङ्‌कष्टबारे सबै कुरा त थाह छैन। जस्तै, महासङ्‌कष्ट ठ्याक्कै कहिले सुरु हुन्छ भनेर हामीलाई थाह छैन। धर्ममाथि आक्रमण गर्नु जायजै छ भनेर राष्ट्रहरूले कस्ता कारणहरू दिनेछन्‌, त्यसबारे पनि हामीलाई थाह छैन। राष्ट्रहरूले परमेश्‍वरका जनहरूमाथि गर्ने आक्रमणमा के-के पर्नेछ अनि त्यो कति समयसम्म रहनेछ, त्यसबारे पनि हामीलाई थाह छैन। आरमागेडोनको युद्धमा यहोवाले दुष्टहरूलाई ठ्याक्कै कसरी नाश गर्नुहुनेछ, त्यो पनि हामीलाई थाह छैन।

तर ढुक्क भएर साहसका साथ भविष्यको सामना गर्न बाइबलले हामीलाई पर्याप्त जानकारी दिएको छ। जस्तै, हामी “अन्तको दिन”-को पनि आखिरी समयमा बाँचिरहेका छौँ भनेर हामीलाई थाह छ। (२ति ३:१) साँचो धर्म नाश नहोस्‌ भनेर धर्महरूमाथि गरिने आक्रमणको समय “घटाइनेछ” भनेर हामीलाई थाह छ। (मत्ति २४:२२) यहोवाले आफ्ना जनहरूलाई छुटकारा दिनुहुनेछ भनेर पनि हामीलाई थाह छ। (२प २:९) अनि आरमागेडोनको युद्धमा दुष्टहरूलाई नाश गर्न र ठूलो भीडलाई छुटकारा दिन यहोवाले रोज्नुभएका जन शक्‍तिशाली हुनुहुन्छ र उहाँले परमेश्‍वरको धार्मिक स्तरबमोजिम न्याय गर्नुहुनेछ भनेर हामीलाई थाह छ।—प्रका १९:११, १५, १६.

भविष्यमा हुने घटनाहरूले गर्दा मानिसहरू ‘डरले मूर्च्छा पर्नेछन्‌।’ तर यहोवाले आफ्ना जनहरूलाई विगतमा कसरी छुटकारा दिनुभयो अनि उहाँले हामीलाई भविष्यमा हुने कस्ता कुराहरू बताउनुभएको छ भनेर अध्ययन र मनन गऱ्‍यौँ भने हाम्रो छुटकारा नजिकै छ भनेर ढुक्क हुन सक्नेछौँ र ‘खडा भएर शिर उठाउन सक्नेछौँ।’—लुका २१:२६, २८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने