प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी पृ. ४-५
  • जनवरी १५-२१

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १५-२१
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी पृ. ४-५

जनवरी १५-२१

अय्युब ३६-३७

गीत १४७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. परमेश्‍वरले दिनुहुने अनन्त जीवनको प्रतिज्ञामा तपाईँ किन भरोसा गर्न सक्नुहुन्छ?

(१० मि.)

यहोवा स्वयम्‌ सधैँभरि रहिरहनुहुन्छ (अयु ३६:२६; brwp१५ १०/१ अनु. १-२)

जीवन धान्‍न नभई नहुने कुराको प्रबन्ध गर्न यहोवासित बुद्धि र शक्‍ति छ (अयु ३६:२७, २८; w२०.०५ पृ. २२ अनु. ६)

अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर यहोवा हामीलाई सिकाउनुहुन्छ (अयु ३६:४, २२; युह १७:३)


परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको आशामाथि बलियो विश्‍वास छ भने समस्याहरू आइपर्दा हामी आत्तिनेछैनौँ।—हिब्रू ६:१९; w२२.१० पृ. २८ अनु. १६

प्रमोदवनमा मानिसहरू रमाइरहेका छन्‌। केटाकेटी सिंहसँग खेल्दै छन्‌, एक बहिनी थरीथरीका तरकारीहरूले भरिएको डालो बोकिरहेकी छिन्‌ अनि दुई दम्पती बगैँचामा काम गर्दै अनि आराम गर्दै बसिरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • अयु ३६:२६—यहोवा सदाको लागि अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा बुझ्न गाह्रो लाग्छ भने पनि के हामीले चिन्ता गर्नुपर्छ? व्याख्या गर्नुहोस्‌। (w२२.१२ पृ. ३ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) अयु ३६:१-२१ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ३ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ २ बुँदा ५)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwfq लेख ५७ अनु. ५-१५—विषय: नरसंहारको बेला यहोवाका साक्षीहरूलाई किन सताइयो? (th बुँदा १८)

ख्रिष्टियन जीवन

गीत ४९

७. कुनै उपचार वा शल्यक्रिया गर्नुपर्ने अवस्थाको लागि अहिल्यै तयारी गर्नुहोस्‌

(१५ मि.) छलफल। एल्डरले सञ्चालन गर्नुपर्ने भाग।

रगत सम्बन्धी यहोवा परमेश्‍वरको आज्ञा पालन गर्न मदत पुगोस्‌ भनेर उहाँको सङ्‌गठनले हामीलाई आवश्‍यक साधनहरू उपलब्ध गराएको छ। (प्रे १५:२८, २९) के तपाईँ त्यसको पूरापूर सदुपयोग गर्दै हुनुहुन्छ?

स्थायी अख्तियारनामा कार्ड (DPA) र परिचय-पत्र (ic): यी कार्डहरूले उपचारमा रगत प्रयोग नगर्नेसम्बन्धी आफ्नो इच्छा स्पष्ट पार्छ। बप्तिस्मा गरेका प्रकाशकहरूले आफ्नो लागि साहित्य सेवकबाट डीपीए कार्ड र आफ्ना नाबालिग छोराछोरीको लागि परिचय-पत्र लिन सक्छन्‌। यी कार्डहरू सधैँ आफूसँग राख्नुपर्छ। यदि यो कार्ड नयाँ बनाउनुपर्छ वा पुरानो जानकारी परिवर्तन गर्नुपर्छ भने ढिलो नगरी तुरुन्तै भरिहाल्नुहोस्‌।

गर्भवती महिलाहरूको लागि जानकारी (S-401) र शल्यक्रिया वा केमोथेरापी गराउनुपर्ने बिरामीहरूको लागि जानकारी (S-407): यी कागजातहरूले स्वास्थ्य उपचार गराउने सन्दर्भमा तयार रहन हामीलाई मदत गर्छ। यसमा रगतसम्बन्धी मामिलाहरू पनि पर्छन्‌। यदि तपाईँ गर्भवती हुनुहुन्छ वा शल्यक्रिया गराउनुपर्ने वा क्यान्सरको उपचार गराउनुपर्ने अवस्था छ भने एल्डरहरूसित यसको एकप्रति माग्नुहोस्‌।

अस्पताल सम्पर्क समिति (HLC): अस्पताल सम्पर्क समितिका सदस्यहरू योग्य एल्डरहरू हुन्‌, जसले डाक्टर र प्रकाशकहरूलाई स्वास्थ्य उपचारमा रगतको प्रयोगसम्बन्धी आवश्‍यक जानकारीहरू दिन तालिम पाएका छन्‌। तिनीहरूले रगतको प्रयोग नगरीकन गर्न सकिने उपचारको विषयमा तपाईँको उपचारमा संलग्न व्यक्‍तिहरूसित कुरा गर्न सक्छन्‌। अनि आवश्‍यक परेमा तिनीहरूले तपाईँको निर्णयको कदर गर्ने डाक्टर भेट्टाउन मदत गर्न सक्छन्‌। एचएलसीका सदस्यहरू हप्ताको सातै दिन चौबीसै घण्टा उपलब्ध हुन्छन्‌। अस्पताल भर्ना हुनुपर्दा, शल्यक्रिया गर्नुपर्दा वा क्यान्सरजस्ता रोगहरूको लागि उपचारविधि अपनाउनुपर्दा सकेसम्म चाँडो एचएलसीसित सम्पर्क गर्नुहोस्‌। तर उपचारमा रगतको प्रयोग नहोला जस्तो तपाईँलाई लागे तापनि एचएलसीसित सम्पर्क गर्नुहोस्‌। गर्भवती महिलाहरूलाई पनि यही कुरा लागू हुन्छ। यदि तपाईँलाई मदत चाहिएमा कुनै एक जना एल्डरसित एचएलसीको सम्पर्क जानकारी माग्नुहोस्‌।

अस्पताल सम्पर्क समितिले तपाईँलाई कसरी मदत गर्छ? भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

कुनै उपचार वा शल्यक्रिया गर्नुपर्ने अवस्था आइपर्दा एचएलसीले कसरी मदत गर्न सक्छ?

के तपाईँ तयार हुनुहुन्छ?

रगतको प्रयोग हुन सक्ने स्वास्थ्य समस्या आइपर्दा,

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ४ अनु. ९-१२, पृ. ३४ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ६७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने