प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी पृ. ३-१६
  • जनवरी ८-१४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ८-१४
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी पृ. ३-१६

जनवरी ८-१४

अय्युब ३४-३५

गीत ३० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अन्याय भोग्नुपर्दा

(१० मि.)

यहोवा कहिल्यै अन्याय गर्नुहुन्‍न भनेर नबिर्सनुहोस्‌ (अयु ३४:१०; wp१९.१ पृ. ८ अनु. २)

दुष्टहरूले कुनै सजाय नपाएको जस्तो देखिएला तर तिनीहरू यहोवाको नजरबाट लुक्न सक्दैनन्‌ (अयु ३४:२१-२६; w१७.०४ पृ. १० अनु. ५)

अन्यायका सिकार भएकाहरूलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई यहोवाबारे सिकाउनु हो (अयु ३५:९, १०; मत्ति २८:१९, २०; w२१.०५ पृ. ७ अनु. १९-२०)

एक दम्पती ठूलो अपार्टमेन्टनजिकै रहेको झुप्रोमा बस्ने एक बुबा अनि तिनको छोरालाई साक्षी दिँदै छ।

२. बहुमूल्य रत्न

(१० मि.)

  • अयु ३५:७—एलिहुले अय्युबलाई किन यस्तो प्रश्‍न सोधे: “तपाईँबाट [परमेश्‍वरले] के नै पाउनुहुन्छ र?” (w१७.०४ पृ. २९ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) अयु ३५:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ १० बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। साना छोराछोरी भएका आमा वा बुबालाई jw.org मा आमाबुबाको लागि मदतकारी जानकारी कसरी खोज्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ १ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १३ बुँदा ५ (lmd पाठ ११ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत ५८

७. के तपाईँ अनौपचारिक रूपमा ‘वचन प्रचार गर्न’ तयार हुनुहुन्छ?

(१५ मि.) छलफल।

एक बहिनी गाडीमा सँगै बसेकी एक युवतीलाई मोबाइल चलाएर साक्षी दिँदै छिन्‌।

पावलले तिमोथिलाई यस्तो आग्रह गरे: “वचन प्रचार गर, . . . जोडतोडले प्रचार गर।” (२ति ४:२) ‘जोडतोडले गर’ भनेर अनुवाद गरिएको ग्रीक क्रिया कहिलेकाहीँ सैन्य सेवाको सन्दर्भमा पनि प्रयोग गरिन्थ्यो। यसले कदम चाल्न सधैँ तयार रहने सैनिक वा पहरेदारलाई बुझाउँथ्यो। त्यसरी नै हामी पनि मानिसहरूसितको सामान्य कुराकानीलाई साक्षी दिने मौकाको रूपमा प्रयोग गर्न सधैँ तयार रहन चाहन्छौँ।

यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ, त्यसप्रतिको कृतज्ञता अनि उहाँप्रतिको प्रेमले हामीलाई उहाँका मनमोहक गुणहरूबारे अरूलाई बताउन उत्प्रेरित गर्छ।

भजन ७१:८ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

तपाईँ यहोवाको बारेमा कस्ता राम्रा कुराहरू अरूलाई बताउन चाहनुहुन्छ?

मानिसहरूप्रतिको प्रेमले हामीलाई अनौपचारिक साक्षी दिन पनि उत्प्रेरित गर्छ।

सयौँले बाइबल सत्य भेट्टाए भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • अनौपचारिक साक्षी दिँदा कसरी सयौँले बाइबल सत्य भेट्टाउन सके?

  • चर्चका सदस्यहरूले साक्षीहरूसित बाइबल सत्य सिक्दा कस्तो लाभ उठाए?

  • मानिसहरूप्रतिको प्रेमले हामीलाई अनौपचारिक साक्षी दिन किन उत्प्रेरित गर्छ?

  • मानिसहरूलाई यहोवाबारे बताउन अनौपचारिक साक्षी प्रभावकारी तरिका हो जस्तो तपाईँलाई किन लाग्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ४ पृ. ३३ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत १३८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने