प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 मार्च पृ. १४-१५
  • अप्रिल २९—मे ५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २९—मे ५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 मार्च पृ. १४-१५

अप्रिल २९—मे ५

भजन ३४-३५

गीत १० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. ‘हरसमय यहोवाको प्रशंसा गर्नुहोस्‌’

(१० मि.)

कठिनाइहरू भोग्नुपर्दा पनि दाउदले यहोवाको प्रशंसा गरे (भज ३४:१; w०७ ३/१ पृ. २४ अनु. ११)

दाउदले आफूमा होइन, यहोवामा गर्व गरे (भज ३४:२-४; w०७ ३/१ पृ. २५ अनु. १३)

दाउदले यहोवाको प्रशंसा गरेको सुन्दा तिनका साथीहरूको विश्‍वास बलियो भयो (भज ३४:५; w०७ ३/१ पृ. २६ अनु. १५)

दाउद गुफामा आफ्ना मानिसहरूलाई केही भन्दै छन्‌।

अबिमेलेकबाट भागेर निर्जनभूमिमा पुगेका दाउदलाई ४०० जना मानिस साथ दिन आए किनभने तिनीहरू साउलको शासनदेखि असन्तुष्ट थिए। (१स २२:१, २) दाउदले ती मानिसहरूबारे सोच्दै यो भजन रचेका हुन सक्छन्‌।—भज ३४, परिचय।

आफैलाई सोध्नुहोस्‌: ‘अर्को पटक सभामा कसैसित कुराकानी गर्दा म कसरी यहोवाको प्रशंसा गर्न सक्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३५:१९—दाउदले ‘मलाई घृणा गर्नेहरूलाई आँखा झिम्काउन नदिनुहोस्‌’ भन्‍नुको मतलब के हो? (w०६ ६/१ पृ. ५ अनु. ५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ३४:१-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिन नपाउँदै कुराकानी टुङ्‌गिन्छ। (lmd पाठ १ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ २ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख ५९—विषय: कुनै चाडपर्व वा उत्सव मनाउने कि नमनाउने भनी निर्णय गर्न यहोवाका साक्षीहरू कस्ता कुराहरू विचार गर्छन्‌? (th बुँदा १७)

ख्रिष्टियन जीवन

गीत ५९

७. सभामा यहोवाको प्रशंसा गर्ने तीन वटा तरिका

(१५ मि.) छलफल।

चित्रहरूको सँगालो: एउटी बहिनी सभामा यहोवाको प्रशंसा गर्दै छिन्‌। १. तिनी सभाअघि दुई जना बहिनीसित कुरा गर्दै छिन्‌। २. तिनी टिप्पणी दिँदै छिन्‌। ३. तिनी सभामा मन खोलेर गीत गाउँदै छिन्‌।

सभामा हामी यहोवाको प्रशंसा गर्ने राम्रो मौका पाउँछौँ। तीन वटा तरिका विचार गरौँ।

कुराकानी: यहोवाको भलाइबारे अरूसित कुराकानी गर्नुहोस्‌। (भज १४५:१, ७) हालै आफूले पढेको वा सुनेको कुनै कुराबाट लाभ उठाउनुभएको थियो कि? क्षेत्र सेवामा राम्रो अनुभव बटुल्नुभएको थियो कि? अरूको बोली वा व्यवहारबाट प्रोत्साहन पाउनुभएको थियो कि? अथवा सृष्टिका कुराहरू हेरेर आफ्नो मन छोएको थियो कि? यी सब यहोवाले दिनुभएका उपहारहरू हुन्‌। (या १:१७) यसबारे हामी एकअर्कासित कुराकानी गर्न सक्छौँ। त्यसैले सभामा केही मिनेट अगाडि आउनुभयो भने अरूसित कुराकानी गर्ने समय पाउनुहुनेछ।

टिप्पणी: हरेक सभामा कम्तिमा एकचोटि टिप्पणी दिने कोसिस गर्नुहोस्‌। (भज २६:१२) तपाईँ प्रश्‍नको सीधा जवाफ दिन सक्नुहुन्छ। साथै अनुच्छेदको थप बुँदा, शास्त्रपद, चित्र वा लागू गर्न सकिने बुँदाबारे बताउन सक्नुहुन्छ। तपाईँले हात उठाउँदा अरूले पनि हात उठाउन सक्छन्‌, त्यसैले दुई-चार वटा टिप्पणी तयारी गर्नुहोस्‌। यदि तपाईँको टिप्पणी ३० सेकेन्ड वा त्यो भन्दा कम छ भने अरूले पनि ‘परमेश्‍वरलाई प्रशंसाको बलिदान’ चढाउने मौका पाउनेछन्‌।—हिब्रू १३:१५.

गीत: जोसका साथ राज्य गीतहरू गाउनुहोस्‌। (भज १४७:१) हरेक पटक सभामा टिप्पणी दिने मौका नपाउन सक्छौँ, अझ विशेष गरी ठूलो मण्डलीमा। तर गीत गाएर भने तपाईँ सधैँ परमेश्‍वरको प्रशंसा गर्न सक्नुहुन्छ। आफूलाई राम्ररी गीत गाउन आउँदैन जस्तो लागे पनि आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुभयो भने यहोवा धेरै खुसी हुनुहुनेछ! (२को ८:१२) तपाईँ घरमा पहिल्यै गीतहरूको अभ्यास गर्न सक्नुहुन्छ।

इतिहासका पानाहरू—गीत—यहोवाले दिनुभएको उपहार, भाग १ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

हाम्रो सङ्‌गठनले यहोवाको स्तुतिगान गाउनुको महत्त्वलाई कसरी सुरुदेखि नै जोड दियो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ९ अनु. १-७, भाग ३ को परिचय र पृ. ७० मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | २०२४ अधिवेशनको नयाँ गीत र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने