प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जुलाई पृ. १४-१५
  • अगस्त २६—सेप्टेम्बर १

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २६—सेप्टेम्बर १
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जुलाई पृ. १४-१५

अगस्त २६–सेप्टेम्बर १

भजन ७८

गीत ९७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

चित्रहरूको सँगालो: एक जना इस्राएली पुरुष ठुस्स परेर बसिरहेका छन्‌। तिनी मन्‍न हातमा लिँदै मिश्रमा बिताएको जीवन सम्झिरहेका छन्‌। १. तिनी खरबुजा खाइरहेका छन्‌। २. मिश्रीहरू इस्राएली दासहरूलाई पिट्‌दै छन्‌।

१. इस्राएलीहरूको अवफादारी​—हाम्रो लागि चेतावनी

(१० मि.)

इस्राएलीहरूले यहोवाले गर्नुभएका अचम्मका कामहरू बिर्सिए (भज ७८:११, ४२; w९६ १२/१ पृ. २९-३०)

इस्राएलीहरूले यहोवाले गर्नुभएका प्रबन्धहरूको मोल गरेनन्‌ (भज ७८:१९; w०६ ८/१ पृ. १० अनु. १६)

इस्राएलीहरूले आफ्नो गल्तीबाट पाठ सिकेनन्‌ बरु पटकपटक अवफादार भइरहे (भज ७८:४०, ४१, ५६, ५७; w११-E ७/१ पृ. १० अनु. ३)


मननका लागि: यहोवाप्रति वफादार रहिरहन हामीले के गर्नुपर्छ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ७८:२४, २५—मन्‍नलाई “स्वर्गको अन्‍न” र “पराक्रमीहरूको रोटी” किन भनियो? (w०६ ८/१ पृ. ४ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.)भज ७८:१-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ५ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। पर्चाबाट कुराकानी सुरु गर्नुहोस्‌। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ५ बुँदा ४)

६. कुराकानी थाल्नुहोस्‌

(१ मि.) घरघरको साक्षीकार्य। घरधनी तपाईँलाई छोटकरीमा बताउन भन्छन्‌। तिनलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ २ बुँदा ५)

७. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। बाइबलबारे उल्लेख नगरिकनै स्वाभाविक तरिकामा तपाईँ एक जना यहोवाको साक्षी हुनुहुन्छ भनेर बताउनुहोस्‌। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ २ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ९६

८. प्रचारक फिलिपको उदाहरणबाट सिक्नुहोस्‌

(१५ मि.) छलफल।

प्रचारक फिलिप एक जना इथियोपियालीको रथमा बसेर तिनलाई धर्मशास्त्रको अर्थ खुलाउँदै छन्‌।

बाइबलमा थुप्रै राम्रा र नराम्रा उदाहरणहरू पाइन्छन्‌। ती उदाहरणहरूबाट पाठ सिक्न हामीले सरर्र पढ्‌ने मात्र होइन, त्यसमा मनन गर्नुपर्छ अनि त्यसैअनुरूप आफ्नो आनीबानी छाँटकाँट गर्नुपर्छ। यसो गर्न हामीले समय निकाल्नुपर्छ र प्रयास गर्नुपर्छ।

प्रचारक फिलिप “पवित्र शक्‍ति र बुद्धिले भरिपूर्ण भएका” ख्रिष्टियन भनेर चिनिन्थे। (प्रे ६:३, ५) तिनको उदाहरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

तिनीहरूबाट सिक्नुहोस्‌—प्रचारक फिलिप भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

  • अवस्था अचानक परिवर्तन हुँदा फिलिपले जे गरे, त्यसबाट हामी के सिक्न सक्छौँ?—प्रे ८:१, ४, ५

  • आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न इच्छुक हुँदा फिलिपले पाएका आशिष्‌हरूबाट हामी के सिक्न सक्छौँ?—प्रे ८:६-८, २६-३१, ३४-४०

  • अतिथि सत्कार गर्दा फिलिप र तिनको परिवारले उठाएको लाभबाट हामी के सिक्न सक्छौँ?—प्रे २१:८-१०

  • भिडियोमा देखाइएको परिवारले फिलिपको उदाहरण अनुकरण गर्दा पाएको आनन्दबाट हामी के सिक्न सक्छौँ?

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १४ अनु. ११-२०

समापन टिप्पणी (३ मि.) | गीत १०१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने