प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 सेप्टेम्बर पृ. १४-१५
  • अक्टोबर २८–नोभेम्बर ३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २८–नोभेम्बर ३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 सेप्टेम्बर पृ. १४-१५

अक्टोबर २८–नोभेम्बर ३

भजन १०३-१०४

गीत ३० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ”

(१० मि.)

यहोवाको दयाले उहाँलाई व्यावहारिक हुन उत्प्रेरित गर्छ (भज १०३:८; w२३.०७ पृ. २१ अनु. ५)

यहोवा हाम्रा गल्तीहरू क्षमा गर्न तयार हुनुहुन्छ (भज १०३:९, १०; w२३.०९ पृ. ६-७ अनु. १६-१८)

उहाँ हामीले दिन सक्नेभन्दा धेरै कुराको आशा गर्नुहुन्‍न (भज १०३:१४; w२३.०५ पृ. २६ अनु. २)

एक पति आफ्नी पत्नीले भावना व्यक्‍त गर्दा ध्यान दिएर सुन्दै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘के म आफ्नो जीवनसाथीसित व्यवहार गर्दा यहोवाले जस्तै व्यावहारिकता देखाउँछु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १०४:२४—यस पदबाट सृष्टि गर्ने यहोवाको शक्‍तिबारे के सिक्न सक्छौँ? (cl पृ. ५५ अनु. १८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १०४:१-२४ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ३ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययन गर्न राजी भएको व्यक्‍तिसित तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियोबाट छलफल गर्नुहोस्‌। (th बुँदा ९)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ६—विषय: पतिले “आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ।” (th बुँदा १)

ख्रिष्टियन जीवन

गीत ४४

७. के तपाईँलाई आफ्नो सीमितता थाह छ?

(१५ मि.) छलफल।

हामीले यहोवालाई उत्तम सेवा चढाउँदा उहाँलाई खुसी लाग्छ र हामी आफै पनि आनन्दित हुन्छौँ। (भज ७३:२८) तर आफ्नो सीमितता नबुझी सेवाको काम गर्न खोज्दा हामीलाई चिन्ता र निराशाले छोप्न सक्छ।

“आफ्नो सीमितता बुझ्दा हामी अझ धेरै गर्न सक्छौँ” भिडियोमा देखाइएकी बहिनी।

आफ्नो सीमितता बुझ्दा हामी अझ धेरै गर्न सक्छौँ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवा हामीबाट के आशा गर्नुहुन्छ? (मिका ६:८)

  • “आफ्नो सीमितता बुझ्दा हामी अझ धेरै गर्न सक्छौँ” भिडियोको दृश्‍य। ती बहिनी आफ्नी साथीसित मिलेर बाइबल विद्यार्थीलाई मदत गर्छिन्‌।
  • आफ्नो लक्ष्यमा बढ्‌तै ध्यान दिएकीले तनाव महसुस गरेकी बहिनीलाई कुन कुराले मदत गऱ्‍यो?

हामी कसरी आफ्नो सीमितता बुझ्न सक्छौँ?

  • आफूलाई अरूसित तुलना नगर्नुहोस्‌। (गला ६:४) अरूले जे गर्छन्‌, त्यस्तै गर्न नखोज्नुहोस्‌ वा तिनीहरूले गरेझैँ म पनि गर्न सक्छु भन्‍ने सोचाइ नराख्नुहोस्‌। तपाईँको जस्तै उमेर वा पारिवारिक अवस्था भएकाहरूले गर्न सक्नेभन्दा तपाईँले गर्न सक्ने कुरा धेरै वा थोरै हुन सक्छ।

  • डरले गर्दा सेवा गर्ने नयाँ-नयाँ तरिकाहरू अपनाउनदेखि नहिचकिचाउनुहोस्‌। (रोमी १२:१; १को ७:३१) तपाईँलाई आफूले गर्न सक्दिनँ वा त्यसमा रमाउन सक्दिनँ जस्तो लागेको सेवाको काम गर्नदेखि पछि नहट्‌नुहोस्‌।—मला ३:१०.

  • आफ्नो सीमितता पत्ता लगाउन छोटो समयमै हासिल गर्न सकिने लक्ष्यहरू राख्नुहोस्‌। के तपाईँ नियमित अग्रगामी गर्ने लक्ष्य राख्न सक्नुहुन्छ? त्यसको लागि सुरुमा केही महिना क्षेत्र सेवामा अझ धेरै समय बिताउने वा सहायक अग्रगामी गर्ने जस्ता साना लक्ष्यहरू राख्नुहोस्‌। तपाईँ एक वर्षको लागि नियमित अग्रगामी सेवा गर्ने लक्ष्य पनि राख्न सक्नुहुन्छ। आफ्नो परिस्थिति विचार गरेपछि तपाईँलाई नियमित अग्रगामी सेवा थाल्न वा एक वर्षभन्दा लामो समय त्यो सेवा गर्न सकिँदैन जस्तो लाग्ला। तैपनि साना लक्ष्यहरू हासिल गर्न सकेकोमा तपाईँ पक्कै खुसी हुनुहुनेछ।—उप ६:९.

  • छाँटकाँट गर्न तयार हुनुहोस्‌। हाम्रो परिस्थितिसँगसँगै हामीले गर्न सक्ने कुराहरू पनि परिवर्तन हुन सक्छन्‌। त्यसैले बेलाबेलामा आफ्नो लक्ष्य केलाउनुहोस्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. १७ अनु. ८-१२, पृ. १३७ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ५५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने