प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 नोभेम्बर पृ. १२-१३
  • डिसेम्बर २३-२९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २३-२९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 नोभेम्बर पृ. १२-१३

डिसेम्बर २३-२९

भजन ११९:१२१-१७६

गीत ३१ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामी अनावश्‍यक रूपमा दुःखी हुनदेखि कसरी जोगिन सक्छौँ?

(१० मि.)

परमेश्‍वरका नियमहरूलाई प्रेम गर्नुहोस्‌ (भज ११९:१२७; w१८.०६ पृ. १७ अनु. ५-६)

खराब कुराहरूलाई घृणा गर्नुहोस्‌ (भज ११९:१२८; ssbr पृ. ३३ अनु. १२)

यहोवाको कुरा सुन्‍नुहोस्‌ र “अनुभवहीन”-बाट हुने गल्ती नगर्नुहोस्‌ (भज ११९:१३०, १३३; हित २२:३)

सुनका सिक्काहरू र लाप्साहरूका थुप्रोको अगाडि एउटा खुला बाइबल राखिएको छ।

आफैलाई सोध्नुहोस्‌: ‘मैले परमेश्‍वरका नियमहरूलाई प्रेम गर्न वा खराब कुराहरूलाई घृणा गर्न विशेषगरि के-कस्ता छाँटकाँट गर्नुपर्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ११९:१६०—यस पदअनुसार हामी कुन कुरामा विश्‍वस्त हुनुपर्छ? (w२३.०१ पृ. २ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज ११९:१२१-१५२ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। आफूलाई चासो लागेको विषयबारे jw.org मा कसरी खोज्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

६. चेला बनाउनुहोस्‌

(५ मि.) सभामा नियमित रूपमा नआउने बाइबल विद्यार्थीसित कुराकानी गर्नुहोस्‌। (lmd पाठ १२ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १२१

७. पैसालाई प्रेम गर्दा निम्तिने पीडादेखि जोगिनुहोस्‌

(१५ मि.) छलफल।

पैसाको पछि लागेकाहरूले “थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्‍याएका छन्‌।” (१ति ६:९, १०) पैसालाई प्रेम गर्दा र त्यसलाई जीवनमा धेरै महत्त्व दिँदा आइपर्ने अनावश्‍यक पीडाहरूबारे तल उल्लेख गरिएका छन्‌।

  • हामी यहोवासित घनिष्ठ सम्बन्ध बनाउन सक्दैनौँ।—मत्ति ६:२४.

  • हामी कहिल्यै सन्तुष्ट हुन सक्दैनौँ।—उप ५:१०.

  • हामी झूटो बोल्ने, चोरी गर्ने र छलकपट गर्ने हदसम्म पुग्न सक्छौँ। (हित २८:२०) यसले गर्दा हामीलाई दोषी भावनाले सताउन सक्छ, हाम्रो बदनाम हुन सक्छ अनि हामीले परमेश्‍वरको अनुमोदन गुमाउन पुग्छौँ।

“पैसाको सदुपयोग गर्नुहोस्‌” भिडियोको एक दृश्‍य। एक किशोर खुत्रुके समाइरहेका छन्‌।

हिब्रू १३:५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • पीडा भोग्नदेखि जोगिन पैसाप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ र किन?

हामीले पैसालाई प्रेम नगरे तापनि त्यसलाई बुद्धिमानीपूर्वक प्रयोग गरेनौँ भने दुःख पाउनेछौँ।

पैसाको सदुपयोग गर्नुहोस्‌ ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

    “पैसाको सदुपयोग गर्नुहोस्‌” भिडियोको एक दृश्‍य। एक किशोर र एक किशोरी आफूलाई चाहिएको सामानको सूची बनाउँदै छन्‌ र प्रत्येक सामानको मोल लेख्दै छन्‌। किशोरको लिस्टमा हेडफोन, जुत्ता, खाना र रेलको टिकट छ। किशोरीको लिस्टमा पर्स, घडी, खाना र इन्धनको ग्यालिन छ।
  • हामीले किन बजेट बनाउनुपर्छ र त्यो कसरी बनाउन सक्छौँ?

  • “पैसाको सदुपयोग गर्नुहोस्‌” भिडियोको एक दृश्‍य। ती किशोरी पानी परिरहेको बेला आफ्नो र भाइको लागि दुई वटा छाता किन्छिन्‌। तिनका भाइले आइसक्रिम किनेर पैसा सिद्ध्याए।
  • हामीले किन केही पैसा बचत गर्नु राम्रो हो?

  • “पैसाको सदुपयोग गर्नुहोस्‌” भिडियोको एक दृश्‍य। ती किशोरको हातसँगै एउटा ठूलो क्रेडिट कार्ड हतकडीले बाँधिएको छ र अर्को क्रेडिट कार्ड तिनलाई हेरेर मुस्कुराउँदै छ।
  • हामीले अनावश्‍यक ऋण नलिनु किन बुद्धिमानी हो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २० अनु. १-७ र भाग ७ को परिचय

समापन टिप्पणी (३ मि.) | गीत १०१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने